logo
२०८० चैत्र १६ शुक्रवार



विपद् व्यवस्थापन कोष परिचालय गर्दै गोरखा स्थानीय तह

खुला |


विपद् व्यवस्थापन कोष परिचालय गर्दै गोरखा स्थानीय तह


नरेन्द्र ढकाल
गोरखा, चैत १८ गते । गोरखाका स्थानीय तहले कोरोना भाइरसको सक्रमणं फैलन नदिन आवश्यक तयारी गरिरहेको बताएका छन् । स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम परिचालन गरि क्वारेन्टाइन र आइसोलेशन वार्ड बनाउने काम गरिएको छ । ९ गाउँपालिका र २ नगरपालिका गरी ११ वटा स्थानीय तह रहेको यहाँ सबै पालिकाले उक्त कोषको रकमले आवश्यक औषधी उपकरण खरिद गर्ने निर्णय गरेका छन् ।

गोरखा नगरपालिकाको विपद् व्यवस्थापन कोष ३० लाख रुपैयाँ छ । ‘अहिले कोषकै रकम परिचालन गरी काम अगाडी बढाएका छौं, नगरप्रमुख राजनराज पन्तले भन्नुभयो, ‘बिहिबार विपद् व्यवस्थापन समितिको बैठक बोलाएको छ । थप के गर्न निर्णय गर्छ । आवश्यक प¥यो भने अन्य र्शीषकलाई रकमान्तर समेत गर्न सकिन्छ ।’ उक्त रकमबाट ५० शैयाको क्वारेन्टाइन र १८ शैयाको आइशोलन निर्माण गरिएको छ ।

पालुङटार नगरपालिकाले छुट्याएको २० लाख रकमबाट १८ शैयाको क्वारेन्टाइन र ४ शैया आइसोलेसन वार्ड निर्माण गरेको छ । अन्य रकमले अत्वाश्यक औषधी र प्रतिकार्य सामाग्रीहरु खरिद गरिएको नगर प्रमुख दिपक कंडेलले जानकारी दिनुभयो ।
भीमसेन थापा गाउँपालिकामा १० लाख राहत कोष बनाइएको छ । अहिले आठ वटै वडामा क्वारेनटाइ निर्माण गर्ने काम भइरहेको गाउपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिनुभयो । वडामा विपन्न तथा ज्याला मजदुरी गर्ने व्यक्तिको नामावली संकलन सुरु गरिएको छ । संघ र प्रदेशले घोषणा गरेको थप अनुदानलाई समेत थप गरी राहत प्याकेज घोषणा गर्ने उहाँले बताउनु भयो ।

शहिद लखन गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रहेको २५ लाख रकमबाट विभिन्न कार्यक्रम गरिरहेको छ । उक्त गाउँपालिकाले कोरोना भाइरस प्रतिकार्य अभियानमा संग्लन स्वास्थकर्मीलाई अतिरक्त सुबिधा दिने निर्णय गरेको छ । स्वास्थ्य चौकी प्रमुखहरुलाई सञ्चार खर्च बापत १ हजार रुपैयाँ रिर्चाज गरिदिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिनुयो । उक्त गाउँपालिका भित्रका प्रहरी चौकीलाई उद्धारको काममा आवश्यक पर्ने पेट्रोल समेत गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेको छ । शहिद लखनले बुंकोट, घैरुङ र मनकामनामा गरी २७ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।

सिरानचोक गाउँपालिकाको विपद् व्वस्थापन कोषमा २१ लाख रुपैयाँ छ । उक्त रकम मार्फत ८ वटै वडामा क्वारेन्टाइन बनाउने, स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री र औषधी खरिद गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । उक्त गाउँपालिकाले हरेक टोलमा प्रतिकार्य समिति गठन गरी सचेतनामुलक कार्यक्रम गर्नुका साथै विपन्न तथा ज्याला मजुदरी गर्नेहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।

अजिरकोट गाउँपालिकाले विपद् व्यवस्थानमा १५ लाख छुट्याएको छ । ‘अहिले पूर्व तयारीका लागि आवश्यक काम उक्त रकम परिचालन गरेका छौं,’ गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले भन्नुभयो, ‘अत्यावश्यक सरसफाईका सामान ल्याउने, क्वारेन्टाइन निर्माण गर्र्नेे काम भइरहेको छ ।’

बारपाक सुलिकोट गाउँपालिकामा पनि १५ लाखको विपद् व्यवस्थापन कोष छ । ‘क्वारेन्टाइन बनाइयो, औषधी माक्स सेनिटाइजर, स्वास्थ्य क्षेत्रमा आवश्यक सामाग्रीहरु खरिद गर्ने काम भइरहेको छ,’ अध्यक्ष विष्णु भट्टले भन्नुभयो, ‘छिट्टै बैठक बसेर ठोस कार्यक्रम ल्याउछौं ।’ उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ६० लाख बजेट छुट्याएको छ । गाउँपालिकाको केन्द्र माछाखोला नजिकै ७ शैयाको क्वारेन्टाइन बनाइएको छ । आवश्यक पूर्व तयारीका लागि उक्त रकम खर्च गर्ने तयारी रहेका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । चुमनुब्री गाउँपालिकाले भने जम्म ५ लाख मात्र छुट्याएको वडा कै पहल सचेतनामुलक कार्यक्रम गरेको उक्त गाउँपालिकाले केही दिनमा बैठक बसेर आवश्यक रकम समेत थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

आरुघाट गाउँपालिकाले भने हरेक वडाहरुलाई समेत विपद् व्यवस्थापन र्शीषकमा १÷१ लाख रकम प्रदान गरेको छ । चालु आर्थिक वर्षमा ७ लाख रकम छुट्याएको उक्त गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा चालु आवमा छुट्याइएको २१ लाख समेत मौजाद रहेको अध्यक्ष पूर्णबहादुर दाहालले बताउनुभयो ।

उता आरुघाट गाउँपालिकाले भने हरेक वडाहरुलाई समेत विपद् व्यवस्थापन र्शीषकमा १÷१ लाख रकम प्रदान गरेको छ । आगामी आर्थिक वर्षमा ७ लाख रकम छुट्याएको उक्त गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा चालु आवमा छुट्याइएको २१ लाख समेत मौजाद रहेको अध्यक्ष पूर्णबहादुर दाहालले बताउनुभयो

गण्डकी गाउँपालिकाले भने विपद् व्यवस्थापनका लागि स्पष्ट रकम विनियोजन नगरेको छैन । ‘हामी त्यही शीषकमा बजेट राखेका थिएनौं भइपरी आउने शीर्षकमा रहेको १० लाख पेश्की निकालेर अहिले काम भइरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले भन्नुभयो, ‘आवश्यक परे उक्त शीर्षकबाट थप रकम उपलब्ध गराउन सकिने अवस्था छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?