logo
२०८१ बैशाख ४ मंगलवार



सुंगुर र बंगुर पालक कृषकलाई फिनेल वितरण

राष्ट्रिय |


सुंगुर र बंगुर पालक कृषकलाई फिनेल वितरण


प्रकाशचन्द्र भट्टराई
दमौली, चैत १९ गते । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा र नेपालमा पनि यसको संक्रमण देखिन थालेको र पशुपन्छीको कारण पनि अन्य रोगहरु देखिन सक्ने हुँदा त्यसबाट नागरिकलाई जोगाउन देवघाट गाउँपालिकाले सुंगुर र बंगुर पालक कृषकलाई फिनेल वितरण गरेको छ ।

वडा नम्बर ५ का अध्यक्ष यलबहादुर गुरुङले मंगलबार र बुधबार सो वडा भित्र रहेका सुंगुर र बंगुर कृषकको घरमा पुगी फिनेल वितरण गर्नु भएको थियो । गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन र साथै कोरोनाको जोखिम कर्म गर्न पनि पशु पन्छीका खोरहरुमा थप सरसफाई गरिनु पर्ने भन्दै अध्यक्ष गुरुङले कृषकलाई चेतना जगाउने उद्देश्यले फिनेल वितरण गरिएको बताउनु भयो ।

कृषकहरु आफु पनि बाच्ने र पशुपन्छीलाई पनि बचाउने गरि काम गर्नु पर्ने भन्दै अध्यक्ष गुरुङले कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा विशेष ध्यान दिनु पर्ने र अहिले सरकारको लागु गरेको लकडाउनको सबैले घरमै बसेर पालना गर्नु पर्ने बताउनु भयो । वडा कार्यालयले गत आईतबार र सोमबार वडाका सबै घरधुरीमा हातधुने सावुन पनि वितरण गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?