logo
२०८० चैत्र १५ बिहीवार



अलपत्र परेका ५० जना कामदारको उद्धार

समाज |


अलपत्र परेका ५० जना कामदारको उद्धार


राजविराज, चैत्र १६ गते । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका ५० जना कामदारलाई उद्धार गरिएको छ ।

रुपनी गाउपालिका १ स्थित रुपनी चोकबाट उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले आज यहाँ जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले ती कामदारलाई आआफ्नो घर पु¥याउने प्रबन्ध मिलाइएको बताउनुभयो ।
उहाँका अनुसार ती उद्धार गरिएकामा सर्लाही ३८, रौतहट ४, बारा ४ र सिरहा ४ जना रहेका थिए । विराटनगर, इटहरी, राजविराज लगायत विभिन्न स्थानबाट आएर सो चोकमा अलपत्र परेका थिए । स्थानीय निकायसँग समन्वय गरी उनीहरुलाई खाजा समेत खुवाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?