logo
२०८१ बैशाख ७ शुक्रवार



अलपत्र पचास कामदारलाई उद्धार गरी गन्तव्यतिर पठाइयो

खुला |


अलपत्र पचास कामदारलाई उद्धार गरी गन्तव्यतिर पठाइयो


धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १६ गते । पूर्व–पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा अलपत्र परेका ५० जना कामदारलाई गएराती उद्धार गरी गन्तव्यतिर पठाइएको छ ।

लकडाउनमा रोजगार बन्द भएपछि घरतिर पैदल हिडेका कामदारहरु रुपनी गाउँपालिका १ रुपनी चोकमा आएर अलपत्र परेका थिए । उनीहरु विराटनगर, इटहरी, राजविराज लगायत विभिन्न स्थानहरुबाट घरतिर पैदल हिडेपछि अलपत्र परेका हुन । अलपत्र परेका उनीहरुलाई स्थानीय सरकारको समन्वयमा प्रशासनले खाजा खुवाएर गएराती ना. १ क. ६२६७ नम्बरको टिपरमा सर्लाही जिल्लाको लालबन्दीसम्म पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

यसरी अलपत्रमा परेका कामदारहरुमा सर्लाहीका ३८, रौतहटका चार, बाराका चार, सिरहा चार लगायत ५० जना रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?