logo
२०८१ बैशाख १३ बिहीवार



इँटा उद्योगका कामदारलाई अत्यधिक ज्वरो

समाज |


इँटा उद्योगका कामदारलाई अत्यधिक ज्वरो


सर्लाही समाचारदाता
सर्लाही, चैत १४ गते । सर्लाहीको हरिवन नगरपालिका–९, दनुवारीमा रहेको दुई वटा इँटा उद्योगमा कार्यरत कामदारमा अत्यधिक ज्वरो आइरहेको पाइएको छ ।

स्थानीय ओबिसी इँटा उद्योग र मैनाली इँटा उद्योगमा काम गर्ने कामदारको उद्योगमै स्वास्थ्यकर्मी लगेर परीक्षण गर्दा करिव १५ जनामा १०४ डिग्री सम्म ज्वरो पाइएको हरिवन नगरपालिका–९, का वडाध्यक्ष सिताराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही कामदार भारतीय समेत छन् । उनीहरु तीन÷चार दिन अघि मात्रै भारतबाट यहाँ आएको समेत खुलेको वडाध्यक्ष पोखरेलले बताउनु भएको छ ।

उच्च ज्वरो आउने र घाँटी दुख्ने समस्या देखिएका त्यस्ता कामदारलाई अन्य व्यक्तिसँग सम्पर्कमा नआउन र इँटा उद्योगमै सुरक्षितसँग बस्न भनिएको वडाध्यक्ष पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार हरिवन नगरपालिकामा अहिले धमाधम क्वारेन्टाइन निर्माण भइरहेको छ ।

हरिवन नगरपालिका–११, बासा टोलस्थित नगरपालिकाको नवनिर्मित भवनमा कोरोनाका शंकास्पद बिरामी राख्न क्वारेन्टनाइन निर्माण भइरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?