logo
२०८१ बैशाख १२ बुधवार



विदेश फर्किएकाबाट त्रास

खुला |


विदेश फर्किएकाबाट त्रास


मधुसुधन तिमल्सिना
काभ्रे, चैत १३ गते । कोरोना भाइरसको त्रास यती खेर गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण बजार क्षेत्र सुनसान बन्दै गए पनि गाउँमा भने चहलपहल बढेको छ । वैदेशिक रोजगार गएर आएका, बजारमा ज्याला मजदुरी गर्ने देखी आफन्त भेटघाटका लागि गाउँ जाने बढेसँगै गाउँमा कोरोना भाइरसबाट स्थानीय त्रसित बन्न थालेका छन ।

बेथानचोक गाउँपालिका वडा न १ अल्कापुरीका स्थानीय एवम् सञ्चारकर्मी नवराज सापकोटाले यती खेर गाउँमा कोरोनाको त्रास बढेको बताउनुभयो । चाडपर्व मनाउने भन्दा पनि बढी आएका छन । सरकारले लकडाउन गरे कै दिनमा पनि सयौको संख्यामा यस क्षेत्रमा मानिस आएका छन । यसले गाउँमा बस्नेहरु त्रसित बनेका छन, उहाँले भन्नुभयो ।
सरकारले लकडाउन लगाएको भएपनि गाउँमा मानिस जाने क्रम नरोकिएको स्थानीयहरुले गुनासो गरेका छन । बजारमा सुरक्षाकर्मी भएपनि गाउँगाउँमा सुरक्षाकर्मी नहुँदा खुलमखुल्ला ओहोरदोहोर भइरहेको सापकोटाको गुनासो छ ।

पनौती नगरपालिका वडा न ८ का स्थानीय शुशील बन्जाराले वैदेशिक रोजगारीबाट फर्किएकाबाट त्रास भएको गुनासो गर्नुभयो । उहाँले एक हप्ताको बीचमा आफ्नो टोलमा वैदेशिक रोजगारीबाट दुई जना आएको बताउनुभयो । उनीहरु कसैलाई पनि थाहा नै नदिई बसेको जानकारी पाएपछि हामीले नगरपालिकालाई खबर ग¥यौ । नगरपालिकाले खबर पाउने बित्तिकै उनीहरुलाई सम्पर्कमा लिएको जानकारी पाएका छौँ, भन्नुभयो । उहाँले वैदेशिक रोजगारबाट फर्किएकाले मलाई केही भएको छैन भनेर जानकारी नदिदाँ त्रास बढेको बताउनुहुन्छ ।

कोरोना भाइसर पत्ता लगाउनै १४ दिन लाग्ने तर त्यस समयसम्म उनीहरु धेरैसँग घुलमिल हुने भन्दै स्थानीयहरु त्रसित बनेका छन । जिल्लाका बनेपा, धुलिखेल, पनौती लगायतका बजारमा ग्रामीण भेगबाट आएर कोठामा बस्ने मानिस धेरै रहेका छन । विश्व मै कोरोनाको त्रास फैलिएपछि वैदेशिक रोजगारीमा रहेका थुप्रै मानिस फर्केका छन । तर उनीहरु परिवारसँग बसेको हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन । हामी छिमेकमा कोही आयो भने त जानकारी पाउँछौँ तर कोठामा बसेकाको जानकारी लिन नसकिने भएकाले बढी त्रसित भएका छौँ, बन्जारले भन्नुभयो ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानले वैदेशिक रोजगारीबाट आएकाको वडा वडा मार्फत जानकारी लिइरहेको र उनीहरुको निगरानी नगरपालिकाले गरिरहेको बताउनुभयो । हामीले भारतबाट आएका १० जना तथा अन्यलाई पनि परीक्षणका लागि लगेका छौँ । अन्य आएका छन की भनेर वडा तथा स्थानीयबासीलाई खबर गर्न सार्वजनिक सूचना मार्फत आव्हान गरेका छौँ, भन्नुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलालले वैदेशिक रोजगारीमा गएर आएको खोजीमा गाउँपालिका रहेको बताउनुहुन्छ । हामीले चार जनालाई घर मै बस्न भनेका छौँ । धुलिखेलमा रहेको एक जनालाई अस्पताल जान भनेका छौँ । उहाँले खानीखोला गाउँपालिकाका सात वटै वडामा हेल्थ डेक्स मार्फत कोरोनाको परीक्षण गरिरहेका छौँ, भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लाभरबाट १० जना विदेशबाट आएका सम्पर्कमा आएको जानकारी दिनुभयो । हामीकोमा १० जना सम्पर्कमा आउनुभएको छ, उहाँहरुको परीक्षणका लागि केन्द्रमा पठाएका पनि छौँ । जिल्लामा अरु पनि आएको हुन सक्ने भएकाले स्थानीय तह, वडा र सर्वसाधारणलाई खबरका लागि अपिल गरेको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?