logo
२०८१ बैशाख ७ शुक्रवार



मजरिएको फूल र टिकुलालाई हावाहुरी र असिनाको डर

समाज |


मजरिएको फूल र टिकुलालाई हावाहुरी र असिनाको डर


सन्तोष सुवेदी
सिरहा, चैत ९ गते । स्वादिलो फलको रुपमा मानिने आ“पको बोटमा पूmल ९मजर० राम्रो भएपछि यसवर्ष सिरहा र सप्तरीका किसान हौंसिएका छन् तर ती बोटहरुमा लाग्नथालेको टिकुला ९आँपको स–साना दाना० चैत÷वैशाखमा आउने हावाहुरी र असिनावर्षाले कत्तिको टिक्ने हो भन्ने चिन्ता र डर पनि किसानमा देखिएको छ ।

‘पूmल फुल्नु भनेको उत्पादन बढ्ने संकेत हो, फूलसँगै अब टिकुला पनि देखिन थालेको छ,’ चार बिगाहा जग्गामा आ“प खेती गरेका लहान–२४ स्थित गोविन्दपुरका किसान लालबहादुर कोइरीले भन्नुभयो–बगैचामा आ“प ढकमक्क फुलेको देख्दा उत्पादन राम्रै हुने आशामा छु तर चैत÷वैशाखमा आउने हावाहुरी र असिनावर्षाले कत्तिको प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

यसपालि ‘फल्ने वर्ष’ भएको हुँदा गत वर्षको तुलनामा यस वर्ष आ“पमा अत्यधिक मात्रामा फूल लागेको छ । गत वर्ष उत्पादनमा कमी भएपछि किसान मारमा परेका थिए । यहा“का किसानद्वारा उत्पादित आ“प स्वादिलो हुने भएकाले यसको माग नारायणघाट, काठमाडौं, पोखरा लगायत भारतको विहार राज्यसम्म निर्यात हुने गरेको छ । बर्सेनी अढाई बिघा जग्गामा आ“प खेती गर्दै आउनुभएका मल्हनवाका किसान उमेश यादव पनि यसपालि हौंसिनुभएको छ । गतवर्ष उत्पादनमा कमी आउ“दा उमेशले आ“प खेतीबाट मुनाफा लिन त परै जाओस घाटा सहनु प¥यो । गतवर्ष उहाँले आ“पबाट डेढ लाख रुपैया“ मात्रा भुक्तानी लिनुभएको थियो जसबाट लागत समेत उठेको थिएन तर यसवर्ष आ“पको बोटमा मजर र टिकुला राम्रो भएकाले तेब्बर उत्पादन हुने आशामा उहाँ हुनुहुन्छ ।

उत्पादन राम्रो हुने देखेपछि आ“प खरीद गर्न व्यापारीहरु अहिलेदेखि नै किसानको घरदैलोंमा पुग्न थालेका छन् । ‘पूmल पूmलेकैं बेलादेखि बोट हेरेर व्यापारीहरु आ“प ठेक्कामा लिन आउन थालेका छन्,’ उमेशले भन्नुभयो–यसवर्ष उत्पादन हेरेर मात्र बेच्ने तयारीमा छु । उहाँका अनुसार, गत वर्ष आ“प उत्पादन कमी हु“दा बजारभाउ महङ्गिएको थियो तर यस वर्ष आ“प उत्पादन बढ्ने भएपछि मूल्यमा गिरावट हुन सक्ने भन्दै व्यापारीले बढी मूल्य दिन खोजेका छैनन् ।

सिरहा र सप्तरीलाई आ“प खेतीको भण्डार मानिन्छ । यहा“को आ“प अन्य ठाउ“को तुलनामा स्वादिष्ट मानिन्छ । सिरहा र सप्तरीका किसानहरुले आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकत्तिया जातका आ“पको खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्क अनुसार गत वर्ष सिरहामा किसानले पाँच हजार ८९५ हेक्टरमा आ“प खेती गरेका थिए । त्यसबाट विभिन्न प्रजातिका २२ हजार ८०५ मेट्रिक टन आ“प उत्पादन भएको थियो । ‘यस वर्ष आ“प फल्ने वर्ष भएको र मजर र टिकुला पनि राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ’, कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले भन्नुभयो–मौसम अनुकूल भएमा यस वर्ष जिल्लामा १९ हजार मेट्रिक टनभन्दा बढी आ“प उत्पादन हुनसक्छ तर हावाहुरी र असिनाको असर हेर्नुपर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार, यस वर्ष सिरहामा सात हजार ८९५ हेक्टर जग्गामा किसानले आ“प खेती गरेका छन् । मौसम अनुकूल रहे यस वर्ष सिरहामा ४० हजार २६५ मेट्रिक टन आ“प उत्पादन हुने अनुमान छ । यो उत्पादकत्व दर ५ दशमलव ११ मेट्रिक टन प्रति हेक्टर हुने प्रमुख राउतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?