logo
२०७७ जेष्ठ १६ शुक्रवार

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

अन्तर्राष्ट्रिय |


2020-02-26-9308


जकार्ता, फागुन १४ गते । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ । सन् २०१८ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप