logo
२०८१ बैशाख १३ बिहीवार



इज्तिमामा दुई भारतीय नागरिकको मृत्यु

समाज |


इज्तिमामा दुई भारतीय नागरिकको मृत्यु


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ५ गते । इस्लामिक धार्मिक सम्मेलन इज्तिमामा सहभागी भएका दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

सप्तरीको बोदे बरसाईन नगरपालिका ५ जाँजरमा आयोजित इज्तिमामा सहभागी भएका भारत विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र बेतिया जिल्लाका ६२ वर्षीय मेरक महम्दको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको आफ्नै कालगतिले मृत्यु भएको हो ।

आवश्यक प्रक्रिया पु¥याएर मृतकको शव आफन्तजनले बुझेर अन्तिम संस्कारका लागि लगिसेकेको उहाँले बताउनुभयो । आइतबार अपरान्ह उनीहरुको इस्लामिक धार्मिक सभा इज्तिमामा मृत्यु भएको हो ।
गत शनिबारदेखि सुरु भएको तीन दिने सो सम्मेलनमा भारतको नयाँ दिल्लीका विश्व साद साहाब जमातका अध्यक्ष धर्मगुरु मौलाना साद साहाब, नेपाली जमातका अध्यक्ष मो.निसारुद्दिन लगायतका धर्मगुरुहरुबाट प्रवचन वाचन भइरहेको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?