logo
२०८१ बैशाख ७ शुक्रवार



दश किलो गाँजासहित एक युवक पक्राउ

समाज |


दश किलो गाँजासहित एक युवक पक्राउ


सर्लाही, माघ २८ गते । प्रहरीले सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४ वर्षीय कान्छाराम स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । सोमवार राती गस्तीमा निस्किएको प्रहरीले शङ्का लागेर खानतलासी लिँदा स्याङतानले चलाएको मोटरसाइकल पछाडि राखिएको बोराबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

पछिल्लो समय गाँजाको व्यावसायिक खेती फस्टाउँदै गएको सूचना पाएपछि सर्लाही प्रहरीले जिल्लाको विकट क्षेत्रमा नारायणखोलामा निगरानी बढाएको छ । त्यस क्षेत्रमा केही हप्ताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटक–पटक गरी ठूलो क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो ।
सुरक्षा निकायको खासै उपस्थिति नहुने नारायणखोलामा पछिल्लो समय स्थानीय वासिन्दाले अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यहाँ उत्पादन भएको गाँजा बिक्रीका लागि भारतसम्म पु¥याउने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?