logo
२०८० चैत्र १६ शुक्रवार



कोशीमा माछा घट्दै, मलाहाको पुर्खौली पेशा संकटमा

समाज |


कोशीमा माछा घट्दै, मलाहाको पुर्खौली पेशा संकटमा


जयकृष्ण यादव

इनरुवा, माघ २७ गते । सुनसरीको कोशी गाउँपालिका ३ पश्चिम कुशाहाका रमेन्द्र बहरदारलाई आफ्नो तीन पुस्ताले कोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मलाहा समुदाय सङ्कटमा परेका छन् ।

कोशी किनारमा बसोबास गर्दै आएका मलाहाहरुले एक दशक अगाडीसम्म पाउदैअँएको माछाको प्रजाती घटेकाले आफूहरुको पेशा संकटमा परेको गुनासो गरेका छन् ।

दशक अघिको विनासकारी सप्तकोशी बाढीले माछा बगाउँदा अहिलेसम्म नदीमा कमै माछा रहेको महालाहरुको भनाई छ । बहरदारले आफूहरुको तीन पुस्ता कोशी किनारमा माछा मारेर जिविकोपार्जन गर्दै आएकोमा पच्छिलो समय माछाको प्रजाती घटेको बताउनुभयो ।

विगतमा एक दिनमा एक मलाहाले कम्तीमा १० केजीसम्म माछा मार्दै आएकोमा हाल दिनभरमा मुस्किलले एक केजी देखी दुई केजी माछा पाउन समस्या रहेको बहरदारको गुनासो रहेको छ ।

कोशी क्षेत्रमा बसोबास गर्ने मलाहा, माझी, बहरदार, सरदार लगायतका समुदायले वर्षौदेखी माछा मारेर जीवन यापन गर्दै आएकोमा हाल आएर कोशीमा माछा कम भएसगैं आफूहरुको पुर्खौली पेसा संकटमा परेको अर्का स्थानीय गुलावी मुखियाले बताउनुभयो । महाला समाजका अगुवा समेत रहनुभएका मुखियाले बिहानदेखि बेलुकीसम्म जाल हान्दा पनि एक छाकको माछा मार्न र एक केजीसम्म विक्रि गर्ने गरि पाउनका लागि हम्मेहम्मे भएको बताउनुभयो । उहाँले आफूहरुको पुर्खाले तीन पुस्तासम्म कोशीमा माछा मारेर बेच्दै गुजारा चलाउँदै आएकोमा हाल आएर माछा कम भएपछि जीविकोपार्जनमा समस्या भएको र मलाहा समुदायका युवाहरु अन्य पेशामा लाग्न थालेको स्थानीय रमेश मुखियाले बताउनुभयो ।

कोशी क्षेत्रमा सुनसरीको हालको कोशी गाउँपालिकाको हरिपुर, भाण्टाबारी, श्रीपुर, पश्चिम कुशाहा, लौकही र बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन र महेन्द्रनगर लगायतका माझी,मलाहा, बहरदार लगायतको पुर्खौली पेशा सङ्कटमा परेका मुखियाले जानकारी दिनुभयो ।

कोशीमा माछा पाउन छाडेकाले धेरै मलाहाहरुको घरमा माछाले परिवार चलाउन समस्या भएपछि मलाहा समुदाय चिन्तित भएका छन् । बराहक्षेत्र नगरपालिका ११ मधुवनका राजेश्वर बहरदारले आफू ४० वर्षदेखी कोशीमा माछा मार्दैै आएकोमा विगतको भन्दा हाल १० प्रतिशत समेत माछा पाउन मुस्किल रहेको बताउनुभयो । बहरदारले कोशी नेपालको ठूलो नदि भएको र विगतमा कोशीको माछा देशभरी तथा भारतमा समेत प्रख्यात मानिएकोमा हाल केहीलाई छाक र्टान र केहीलाई बेचेर पैसा कमाउन समस्या भएको गुनासो सुनाउनुभयो ।

त्यसैगरी स्थानीय राजेश माझीले सप्तकोशी नदीमा माछा अत्यन्तै पातलिएको बताउनुभयो । उहाँले दिनभरिमा एक÷दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको गुनासो सुनाउनुभयो ।
माछा सप्तकोशी नदीमा कम भएपछि पुख्र्यौली पेसालाई अवलम्बन नै समस्या भएको र केही युवा दोधारमा परेको मलाहा समुदायका युवापुस्ताको भनाई छ । माछा मारेर सुनसरीको स्थानीय कोशी व्यारेज, भाण्टाबारी, इनरुवा, झुम्का, इटहरी, विराटनगरसम्मको बजारमा बिक्री गर्दै आएकोमा हाल मुखिया र बहरदार परिवारमा माछाको तरकारी खानै नपुग्ने उनीहरु बताउँछन् ।

नसरी र सप्तरीका चार गाउँपालिका तथा नगरपालिकाका तीन मलाहा परिवार र बहरदार तथा माझीहरुले कोशी बाढी अघिसम्म राम्रो माछा मार्नेगरेको भएपनि हाल आफूहरुको रोजीरोटी नै नचल्ने अवस्था सृजना भएको भाण्टाबारीका मुकेश बहरदारले बताउनुभयो ।

बहरदारले कोशीमा २०६५ सालको कोशी बाढी र त्यस बीचमा केहीले कोशीमै विषधी मिसाएकाले धेरै माछा लोप भएको बताउनुभयो । उहाँले कोशीमा विष दिएको थाहा पाएपछि कोशी कटान देखी नै आरक्ष र मध्यवर्ती क्षेत्रमा माछा मार्नका लागि आफूहरुलाई अनुमती पत्र समेत वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले लाईसेन्स दिएर माछा मार्न दिएपनि कोशीमा माछा नै पाउन छाडिसेकाले केहीले माछा मार्ने र विक्रि गर्ने व्यापार व्यवसाय नै छाडिसकेको सुनाउनुभयो । बहरदारले भन्नुभयो, हामी त माछा मारेर जीविका चलाउँछौँ । उहाँले थप्नुभयो– “पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अङ्गाल्नु पर्छ । सुनसरी र सप्तरी जिल्लाको गरी करिब ३०० परिवार मलाहा, माझी, बहरदारहरु वर्षौंदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् ।”

उता कोशीमा माछा घटेपछि कोशी व्यारेज क्षेत्रमा नेपाली माछाको कारोबार घट्न थालेको छ । कोशीमा माछा घट्न थालेको र भारतीय क्षेत्रबाट आयत गरिने माछाको विक्रि भईरहेको हो । पहिलेको तुलनामा भन्दा अहिले कोशीमा माछा कम भेट्न थालेको व्यवसायी बताउँछन ।

कोशी व्यारेज क्षेत्रमा माछाका पारखीहरुको पहिलो रोजाईमा पर्ने जलकपुर माछा पहिलेको तुलनामा कम पाइने गरेको माछा व्यापारीहरु बताउँछन । कोशीको नदीबाट मछुवाराहरुले समग्रमा १२ देखी १५ जनाले दैनिक २० देखि २२ केजीसम्म मात्र माछा निकाल्ने गरेका छन । तर अहिले सिजन समेत नभएकाले दिनको १४ देखी १६ केजी सम्म मात्र माछा निकाल्ने गरेको कोशी व्यारेजमा माछा मार्ने राहुल मण्डलको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?