logo
२०८० चैत्र १५ बिहीवार



जापान लाने भनेर ठगी गर्ने कसुरदार समातिए

समाज |


जापान लाने भनेर ठगी गर्ने कसुरदार समातिए


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । जापान पठाउने भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा लिएर कसुरदार ठहरिएका एक व्यक्तिलाइ केन्द्रीय अनुशन्धान व्यूरो(सिआइबी)ले पक्राउ गरेको छ ।

जापान पठाउने भन्दै पैसा लिएर जापान समेत नपठाएको र पैसा समेत फिर्ता नगरेको भन्दै सुमन ऐरी लगातयका पिडितहरुले उजुरीमा भक्तपुर सु्र्यविनायक–७ स्थायी घर भएर हाल काठमाडांै रानीबारीका अजय तामाङलाइ पक्राउ गरेको हो ।  पक्राउ परेका तामाङलाइ जिल्ला अदालत भक्तपुरले चार बर्ष छ महिनाको कैद तथा चार लाख ५० हजार जरिवाना फैसला गरेको थियो । जिल्ला अदालत भक्तपुरको फैसला कार्यान्वयन गराउने क्रममा सिआइबीले तामाङलाइ पक्राउ गरेको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?