logo
२०८१ बैशाख १३ बिहीवार



परिचयपत्र थमाइयाे, बस्ने ठाउँ दिइयाे, राउटेले छाडेनन् घुमन्ते जीवन

समाज |


परिचयपत्र थमाइयाे, बस्ने ठाउँ दिइयाे, राउटेले छाडेनन् घुमन्ते जीवन


कमल शर्मा

दैलेख, माघ १३ गते । मध्य तथा सुदुरपश्चिमा जंगलमा फिरन्ते जीवन विताईरहेका राउटे समुदायलाई अघिल्लो आर्थिक बर्षमा गुराँस गाउँपालिकाको गर्चे खोलामा बसेका थिए । गर्चे खोलामा ४२ घरधुरीका एक सय ४९ जना राउटेलाई उनीहररूको जीवनशैलीमा परिवर्तनमा गरेर आफ्नो गाउँपालिकाको स्थायी बासिन्दा बनाउन गुराँस गाउँपालिका र कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले भव्य कार्यक्रमको आयोजना गरेर परिचयपत्र थमाए ।

स्थायी परिचयपत्र वितरण गरेको तीन महिना बित्न नपाउँदै राउटेहररू सुर्खेत जिल्लाको लेकबेसी नगरपालिका वडा १० को साटाखानीमा बसाई सरे । गाउँपालिकाले स्थायी बसोबाँसका लागि व्यबस्था गरे पनि उनीहररू सुर्खेतको लेकबेसी नगरपालिकामा बसाई सरेर गएपछि पुन गुराँस गाउँपालिका र राउटे सम्बन्धी काम गर्ने एक गैरसरकारी सस्थाको सहयोगमा पुन दैलेखको गुराँस गाउँपालिका वडा ४ मा रहेको सत्ताचौरमा ल्याएर बसाले । गुराँस गाउँपालिका वडा ४ सत्ताचौर बसेको तीन महिना पछि यहि साता दुई समूह निर्माण गरेर सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा १३ बग्रेनी खोला र बराहाताल गाउँपालिका वडा ८ र ९ को सोतखोलामा किनारमा बसाई सरी गएका छन् ।

गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा लगातार बर्षा सँगै हिउ पर्ने थालेपछि राउटेहरू सुर्खेत बसाई सरेको गाउँपालिकाले जनाएको छ । पुस माघको जाडोका कारण आफ्नो समुदाय समस्यामा परेपछि  सुर्खेतको लेकबेसी नगरपालिका वडा १३ को बग्रेनी खोलामा बसाईसरेको राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । उहाँले बस्नका लागि संघ सस्थाले दिएको पालले छाएको छानो बाट चिसो विस्तारै पुगेपछि समुदायका सदस्य बिरामी परेका कारण आफूहरू बसाई सरेको बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिकाले परिचयपत्र बनाएर सुरक्षा भत्ता दिए पनि परिपत्रले आफूहरुलाई खान नदिएको बताउनुभयो । परिचयपत्र हामी बोक्दैनौ बनाएर राखेको छौं कसैको त उतिबेला नै हरायो के गर्ने त्यसले बसेर खाना नदिने भएका कारण पनि त्यसको महत्व आफूहरुलाई नभएको बताउनुभयो ।

गुराँस गाउँपालिकाले अध्यक्ष खेमराज वलीले राउटेहलाई गुराँस गाउँपालिकाले स्थायी बासिन्दा बनाएर बिभिन्न रोजगारका कार्यक्रममा समेट्ने लक्ष्य हुँदाहुँदै राउटेहरु नै आफुखुसी सर्न थालेपछि समस्या भएको बताउनुभयो । अघिल्लो आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत उनीहरूलाई जोडेर ३० दिन रोजगारी दिएको बताउँदै यो बर्ष पनि समाबेश गर्ने योजना थियो उहाँहरूले बसाई सरेर सुर्खेत जानुभएछ । अध्यक्ष वलीले भन्नुभयो उनीहरुको शिक्षा स्वास्थ्य र रोजगारको कुरा थियो जिल्लामा भएको सामाजिक सेवा केन्द्र सस्थाको सहजीकरणमा राउटे परियोजना संचालन गरेर केही परिबर्तन गर्न खोज्दै थियौ । केही परिबर्तन हुन्छकी भन्ने आश भएपनि उहाँहरुको बसाई सराईले प्रभाव पारेको बताउनुभयो ।

आफूहरूले निकै जिम्मेवार भएर उनीहररूलाई स्थायी बसोबास गराउन खाजेको भए पनि नमानेको र निकै घुलमिल भएर उनीहररूको दैनिक जीवनसंग नजिक हुदाँ पनि कुरा बुझ्न समस्या भयो । त्यसका लागि गाउँपालिकाले लगानी ग¥यो तर अहिले आएर बसाई सरे । राउटे परियोजनाका शिक्षा हेर्न समाजिक परिचालक लालबहादुर खत्रीले भन्नुभयो परियोजना मार्फत उहाँहरुको ब्यबहार परिबर्तनदेखि स्वास्थ्य शिक्षा समबन्धी थुप्रै सहयोग गरिएको बताउनुभयो । राउटे बालबालिकाको शिक्षामा काम गर्दा राउटे बालबालिकाका अभिभावकले समते पढ्न नदिने गरेको बताउनुभयो । बालबालिकाहरुमा पढाईको चाहना हुँदाहुँदै पनि साेचे जस्ताे सिकाउन नसकिएको बताउनुभयो ।

परापूर्वकालको चलन छोड्न सक्दैनौ

गाउँपालिकाले स्थायी रुपमा बसोबासको ब्यबस्था मिलाए पनि चिसो कारण देखाउदै सुर्खेत झरेका राउटेले आफ्नो परापूर्बकाल देखिको चलन छो्डन नसक्ने बताएका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो हाम्रो बाउँ बाजेले समेत ठाउँ ठाउँमा घुम्दै आउनुभयो । हामी एक स्थानमा बस्न सक्दैनौ । हाम्रो परमपरा अनुसार बसेको स्थानमा राउटे समुदायको कोही ब्यक्ति मृत्यु भएमा समेत आफूहरू त्यो ठाउँमा बस्दैनौं । उहाँले भन्नुभयो हामी सबै एक ठाउँमा बस्न सकदैनौ हाम्रो घर भनेको जंगल हो हामी त्यसमै रमाऔँछौ । सरकारले हामीलाई भत्ता दिए हुन्छ यहाँ बस भनेर नभन्नु पर्ने बताउनुभयो । उहाँले एकै स्थानमा बसेर संग जाँदा मागेर खान नमिल्ने भए पछि अहिले केही दिनको लागि दुई ठाउँमा आफूहरू बसेको बताउनुयो । बराहाताल गाउँपालिकाको वडा ८,९ को सोतखोलामा ७ घर बसेका छन। उनीहरुलाई त्यहाको बन समिति र वडा अध्यक्ष संग कुरा गरेर गिठाको रुख काट्न लगाएको र समाग्री निर्माण भए लगत्रै एकै स्थानमा बस्ने उहाँले जानकारी दिनुभयो ।

दाङ पुग्ने लक्ष्य
जंगलमा फिरन्ते जीनवयापन गरिरहेका राउटेहररूले बिस्तारै आफूहररू दाङ जिल्ला तीर जाने बताएका छन । पूर्ब मुखिया मैनबहादुर शाहीका अनुसार अबको चार बर्ष भित्र दाङ जिल्लामा पुग्नेगरि आफूहरु बसाई सराई गरेको बताउनुभयो । उहाँले आफ्नो जनता एक ठाउँमा बस्न नसक्ने हुदाँ मध्य मध्य तथा सुदुरपश्चिका जिल्लाका जंगलहमा बस्ने गरेको र त्यसरी नै आफूहरू बसाई सर्ने बताउनुभयो ।

 राउटेको जनसंख्या

गुराँस गाउँपालिका वडा नम्वर ४ सत्ताचौरमा रहेको राउटेको ४५ घरधुरी रहेको छ । ४५ घरधुरीका महिला पुरूष गरेर १ सय ४९ जना मध्ये दुई जनाको मृत्यु भएपछि अहिले घटेर एक सय ४७ जनामा पुगेको छ । गुराँस गाउँपालिकामा बस्दा एक जना चिसो कारण मृत्यु भएको र एक जना दीर्घरोगका कारण मृत्यु भएपछि सख्या घटेको राउटे परियोजनाका शिक्षा हेर्न समाजिक परिचालक लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?