logo
२०८१ बैशाख ५ बुधवार



पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एकजना पक्राउ

खुला |


पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एकजना पक्राउ


कास्की समाचारदाता
कास्की, माघ १२ गते । पोखरा विमानस्थलमा आइतबार यती एअरमार्फत काठमाडौ जान लागेका एक पुरुष राइफलमा प्रयोग हुने गोली सहित पक्राउ परेका छन् । विमानस्थलमा एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. २७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको थियो ।

शाहीको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शाही यति एअरको उडानमार्फत काठमाडौं उड्न लाग्नु भएको थियो । प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जानएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?