logo
२०८१ बैशाख १२ बुधवार



गढीमाई मन्दिरमा चढाईएको भेटी गन्न थालियो

समाज |


गढीमाई मन्दिरमा चढाईएको भेटी गन्न थालियो


कलैया समाचारदाता 
बारा, मंसिर २८ गते । हरेक पाँच वर्षमा मनाइने गढीमाई मेलामा श्रद्धालुहरूले चढाईएको नगद तथा जिन्सी तथा नगद रकम यकिनगर्न समितिले गन्ती शुरु गरेको छ ।
विश्व प्रसिद गढीमाई मेलामा, मेला भर्न आएका श्रद्धालु भक्तजनले नगद, सुन, चाँदी लगायतको सरसमान चढाएकोमा मेला सम्पन्न भएपछि गढीमाई स्थानमा राखिएको ११ वटा बाकसमा रहेको रकम गन्नेकाम कार्य शुरु गरिएको गढीमाई संचालक तथा विकास समितिको अध्यक्ष रामचन्द्र साह तेलीले बताउनुभयो ।
मेला अवधिमा श्रद्धालुहरुको भीडलाई विचार गरी मंसिर ११ गतेदेखि २५ गतेसम्म गढीमाई स्थानमा राखिएको सो बाकसमा श्रद्धालुले राखेको तथा गढीमाईको मुर्तिमा चढाईएको नगदसँगै गरगहना बाकसमा राखेर मेला भेटी व्यवस्थापन उपसमितिको संयोजक श्रीनारायन महतोको निगरानीमा राखिएको थियो ।
गढीमाईमा चढाइएको आम्दानीको विवरण सार्वजनिक गरी सो आम्दानीबाट पुजारी परिवारलाई ४५ प्रतिशत, भेटी संरक्षण उपसमितिलाई १० प्रतिशत र बाँकी रकम गढीमाई मन्दिर संचालन तथा विकास समितिको खातामा राखिने गढीमाई मेला मुल व्यवस्थापन समितिको महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो ।
भेटी गणनाको कार्य करिब पाँच दिन लाग्ने तथा सो कार्य नेपाल प्रहरीको निगरानीमा भइ रहेको छ । यसको आम्दानीबाट गढीमाई मंन्दिरको विकास सो रकम खर्च गरिने विकास समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?