logo
२०८१ बैशाख ८ शनिवार



तस्बिरमा १६ औं राष्ट्रिय ज्यापु दिवस ( य:मरी पूर्णिमा)

समाज |


तस्बिरमा  १६ औं राष्ट्रिय ज्यापु दिवस ( य:मरी पूर्णिमा)
तस्बिर: सुजन गुरूङ्ग


काठमाडौं, मङ्सिर २६ गते । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट प्रकारको परिकार हो । नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाइ रहेका छन् ।
राससका अनुसार नेवारी समाजमा महिलाले नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नयाँ अन्न खाने चलनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?