logo
२०८१ बैशाख १२ बुधवार



योमरी बनाउँदै महिला (फोटो फिचर)

समाज |


योमरी बनाउँदै महिला (फोटो फिचर)
तस्बीर : कबिता थापा


काठमाडौँ, मङ्सिर २५ गते । राजधानीको बसन्तपुरको इन्द्रचोक नजिक आकाश भैरव बारा पसल रहेको छ । यो पसलमा रहेक दिन योमरी पाक्ने गर्दछ ।

तर भोली योमरी पुन्हीको दिनमा यहाँ विशेष भिड लाग्ने गर्दछ । यो पसल लामो समयदेखि महिलाहरुले मात्रै संचालन गर्दै आउनु भएको छ ।

योमरी नेवारी परिकार हो । यो चामल को पिठोबाट बनाइन्छ र यसमा चाकु अथवा खुवा राखिन्छ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।

यस दिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ । काठमाण्डौको हरिसिद्धी र ठेंचोमा योमरी पुन्हीको दिन एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ ।

योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको काभ्रेपलाञ्चोकको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरी नाम दिएको जनउक्ति छ । नेपाल भाषामा योमरी भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ । योमरी बनाउन चामलको पिठो लाई तातो पानी हालेर मुछ्ने र हातमा तेल लगाएर योमरीको आकार बनाउने बाफमा पकाउने गरिन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?