logo
२०८१ बैशाख ८ शनिवार



छाउपडी गोठमा युवती मृत फेला

समाज |


छाउपडी गोठमा युवती मृत फेला


शिवराज ढुंगाना
अछाम, मंसिर १६ गते । महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सोमबार एक युवती छाउपडी गोठमा मृत अवस्थामा फेला परेकी छन् । घरभन्दा करिब एकसय मिटर टाढा रहेको छाउपडी गोठमा २१ वर्षीया पार्वती बुढा रावत मृत अवस्थामा फेला परेकी हुन् ।

महिनावारी भएको चारदिनका दिन बेलुकी बजेतिर खाना खाएर सुत्न गएकी पार्वती बिहान करिब ७ बजेतिर नउठेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला परेको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । “होचो र सानो कोठमा आगो बालेको देखियो, प्रारम्भिक रुपमा हेर्दा निसास्सिएरै मृत्यु भएको हुनसक्छ ।” घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका इनिष्पेक्टर नरपती भट्टले भन्नुभयो ।

मृत्युका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय साँफेबगरका इनिष्पेक्टर नरपती भट्टले जानकारी दिनुभयो । सातफिट लामो र आठ फिट चौडाइ र छ फिट उचाइ रहेको घरमा मृत भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ । १८ महिनाअघि बिहे भएको पार्वतीका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् । अछाम जिल्लामा सन् २००७ यता मात्र १४ जना भन्दा बढीको मृत्यु छाउपडीकै कारण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?