logo
२०८१ बैशाख १३ बिहीवार

   गाउँपालिकाको उदाहरणीय काम 



निवेदन दिनुस्, सित्तैं विवाह गर्नुस्, भोज पनि खानुस्

पढ्नै पर्ने |
समाज |


निवेदन दिनुस्, सित्तैं विवाह गर्नुस्, भोज पनि खानुस्
स्केच: केशवराज खनाल


केशबराज पौडेल
काठमाडौं, मंङसिर ९ गते । विहानै फेसबुकमा एउटा अनौठा सूचना आयो । सूचना थियो सुनसरी जिल्लाको कोशी गाँउपालिकाको । सूचनामा लेखिएको थियो भूमिहीन, सुुुकुम्बासी र धेरै छोरीहरू भएर बिबाह गर्न नसक्ने परिवारलाई गाउँपालिका आफैले निःशुल्क समूहिक बिबाह गरीदिने ।
खास कुरो के रहेछ भनेर बुझ्दा त्यस गाँउपालिकाले आफ्नो नीति तथा कार्यक्रम मै आफैं बिबाह गर्न नसक्ने विपन्न परिवारका जोडीलाई सामुहिक बिबाह गरिदिने निर्णय गरेको रहेछ । गाउँपालिकाका अध्यक्ष ऐयु्व अन्सारीले टेलिफोन कुराकानीमा बताउनुभयो, ‘मान्छेले जीवनमा एक पटक बिबाह गर्छ तर सबैले राम्रोसँग बिबाह गर्न सक्नुहुन्न उहाँहरूलाई लक्षित गरेर गाँउपालिकाले नसक्ने जोडीको बिबाह गर्न लागेका हौं’ अध्यक्ष अन्सारीले भन्नुभयो ।
गाउँपालिकाले यो आर्थिक बर्षमा १५ लाख रुपियाँ बजेट छुट्टाएर सूचना समेत जारी गरेको छ । गाउँपालिकाले सूचनामा मङ्सिर १७ गतेभित्र नजिकैको बडा कार्यालयमा पुगेर बिबाहको लागि निवेदन दिन गाँउपालिकाबासीमा अनुरोध गरेको छ ।
उहाँहरूले निवेदन दिएको आधारमा गाँउपालिकाले लगनको दिन पारेर सामुहिक बिबाह गरिदिने योजना अघि सारेको छ । ‘उहाहरूको संस्कार र परम्परा अनुसार गाउँपालिकाले ठाँउ तोकेर बिबाह गरिदिन लागेका हौ’ अध्यक्ष अन्सारीले भन्नुभयो ।
गाँउपालिकाले उमेर पुगेका र परिवारको स्वीकृत भएका जोडीले निवेदन दिन सक्ने बताएको छ । गाउँपालिकाले बिबाहमा सहभागी हुनेलाई भोजको व्यवस्थासँगै बेहुलाबेहुलीलाई लत्ताकपडाको व्यवस्थापन गरिदिने र आफ्नो धर्म संस्कृति र परम्परा अनुसार गाउँपालिकाले बिबाह गरिदिने गाउँपालिका अध्यक्ष अन्सारीले बताउनु् भयो । ‘ हामीले बेहुला बेहुलीलाई लत्ता कपडा, भोजको व्यवस्थापन गर्नेेछौ’ अन्सारीले भन्नुभयो ।
मधेशमा अधिकाशं बिबाह रातीको समयमा हुने गरेका छन् । रातको समयमा बिबाह गर्दा मंङ्सिर महिनामा जाडो बढ्ने भएकाले यो समयमा कमै मात्र बिबाह हुने गरेकौ छ । मङ्सिर महिनामा बिबाहको लगन धेरै हुने भएकाले गाउँपालिकाले बिबाहका सूचना जारी गरेको हो ।
मङ्सिरमा जाडो ले कम विवाह हुन्छ वैशाखमा हुने बिबाहमा धेरै निवेदन आउने आसा लिएका छौ’गाउँपालिकाअध्यक्ष अन्सारीले बताउनुभयो ।
गाउँपालिकाले एक बर्षअघि तंथ्याङ्ग संकलन गरेकोमा भूमिहीन, सुकुम्बासी र धेरै छोरी भएका परिवारले बिबाह गराउन समस्या भोगिरहेकाले यो निर्णय लिएको हो । ‘ हामीले एक बर्षमा १० देखि १५ जोडीको बिबाह गरिदिने लक्ष्य लिएका छौं’ अध्यक्ष अन्सारीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?