logo
२०८० चैत्र १६ शुक्रवार



दलित समुदायका पत्रकारहरुको प्रदेश ३ भेला सम्पन्न

समाज |


दलित समुदायका पत्रकारहरुको प्रदेश ३ भेला सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं, मङिसर ८ गते । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रदेश ३ भेलाले चित्र मिजारको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौँ उपत्यका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, सचिवमा वसन्त परियार, सहसचिव सरोज उपरकोटी, कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन हुनुभएको छ ।
सदस्यहरुमा भोजराज विश्वकर्मा, सिताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर विक, संगम दर्जी, सुशिला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभयो ।
सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय काठमाडौँ उपत्यका समितिमा चयन भएको छ । उपाध्यक्षमा गणेश वि.क, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला विश्वकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन हुनुभयो ।
भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गर्नुभएको थियो । सो अवसरमा मन्त्री जम्मकटेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो “लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।”
राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्नेछ” भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?