logo
२०८० चैत्र १६ शुक्रवार



हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख

प्रदेश |


हात्तीको आक्रमणबाट मृत्यु भएका  परिवारलाई १० लाख


बिर्तामोड, मंसिर १ गते । झापाको कनकाई नगरपालिका २ जामुनवारी सामुदायिक वन हाताभित्र गत फागुन २८ गते हात्तीको आक्रमणबाट मारिएका ओमनाथ खनालको परिवारलाई नेपाल सरकारले उपलब्ध गराएको १० लाख रुपैँया हस्तान्तरण गरिएको छ ।

आइतबार जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलको २४ औ साधरणसभाको अवसर पारेर प्रदेश सांसद हिराकुमार थापा र डिजिजन वन कार्यालयाका झापाका प्रमुख विष्णु घिमिरेले सो रकम मृतककी पत्नी अम्बिकादेवी खनाललाई हस्तानतरण गर्नुभएको हो ।

यसैबीच झापाबाट ५ जना हात्तीबाट मारिएका परिवारलाई जनही १० लाखका दरले वितरण गरिएको जिल्ला डिभिजन वन कार्यालय झापाले जनाएको छ । झापामा हालसम्म हात्तीको आक्रमणमा परि ३९ जनाले ज्यान गुमाइसकेको डिभिजन जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत ओम भट्टराईले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?