logo
२०८१ बैशाख ६ बिहीवार



बढी कर तिर्ने १५ करदाता सम्मानित

अर्थ |


बढी कर तिर्ने १५ करदाता सम्मानित


गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सीर १ गते । आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।

सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी आयकर तिर्ने डाबर नेपाल, उद्योग मदिरा र चुरोट बाहेक धेरै आयकर तिर्ने जगदम्बा स्टिल्स प्राली, कृषि एबम पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो सहकारी रहेका छन् ।

त्यस्तै लघुबित्त सहकारी सस्था बैंक बित्त संस्था आयकरतर्फ राष्ट्रिय बाणिज्य बैंक, बीमा ब्यवसाय मध्ये बढी आयकर तिर्ने नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षा मा आयकर मणिपाल मेडिकल कलेज, सूचना प्रविधि सेवामा सबै भन्दा बढी आयकर वर्ल्डलिन्क कम्युनिकेसन रहेका छन् ।

व्यापार ब्यवसाय मध्ये अग्नि इन्कर्पोरेटेड, पर्यटनमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सि र मध्यस्थरीयमा आयकरतर्फ कामना सेवा बिकास बैंक, आन्तरिक राजस्व कार्य क्षेत्र भित्र रही बढी आयकर तिर्ने भिएस मौरिसस, ब्यक्तिगत आयकर तिर्नेमा सिद्दार्थ समशेर जबरा र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्रिज रहेका छन् ।
उहाँहरूलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?