logo
२०८१ बैशाख १४ शुक्रवार

  फोटो फिचर 



बंगलादेशका राष्ट्रपतिको स्वागतमा सिंगारियो राजधानीका सडक

पढ्नै पर्ने |


बंगलादेशका राष्ट्रपतिको स्वागतमा  सिंगारियो राजधानीका सडक
तस्बीर :कबिता थापा


काठमाडौँ, कार्तिक २५ गते । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो ।

उहाँ नेपालमा कार्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता हुनेछ ।

त्यस्तै उहाँले नेपालमा रहँदा पोखरा तथा काठमाडौका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने मन्त्रालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपतिको स्वागतमा यसरी सिगारियो राजधानीका सडक, तस्विरमा हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?