logo
२०८० चैत्र १५ बिहीवार



बालबिवाह मुक्त वडा घोषणा

समाज |


बालबिवाह मुक्त वडा घोषणा


बर्दिया, कात्तिक २५ गते । बढैयाताल गाउँपालिकाको २ नं. वडा बर्दिया जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एक कार्यक्रमका बिचमा बडा नं२ लाई बालबिवाह मुक्त घोषणा गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले अन्य केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै दुई वर्ष भित्र बढैयाताल गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वालविवाह मुक्त गाउँपालिका बनाउनका लागि भौतिक पुर्र्वाधारसंगै सामाजिक क्षेत्र विकासलाई पनि प्रमुख प्राथमिकतामा राखेर योजना बनाइएको र गाउँपालिकाको ८१ करोड बजेट मध्ये शिक्षा क्षेत्रमा मात्रै २१ करोड बजेट छुटयाइएको अध्यक्ष श्रेष्ठले दावी गर्नुभयो ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिदै नेपालले सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त देश बनाई सक्ने घोषणा गरेको छ ।
बढैयाताल गाउँपालिकाले तीन वर्ष अधिदेखि आवाज संस्थासंग सहकार्य गर्दै बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न बिद्यालय र समुदायमा बिभिन्न कार्यक्रम गरिरहेको छ । नेपालको संविधान र बालबालिका सम्बनधी ऐन २०७५ले बालबालिकाको हकमा वालविवाहलाई निषेध गरिसकेको र यसको उन्मुलनको लागि सरकारले अभियान पनि शुरु गरिसकेकाले सरकारको अभियानलाई पुर्णता दिन सहजिकरणको भुमिकामा आवाज संस्थाले काम गरिरहेको उक्त संस्थाका परियोजना संयोजक चेतन गिरीले बताउनु भयो । पालिकासंगको समन्वय र सहकार्यमा पाँच वर्षे रणनितिक योजना बनाएर काम गरिरहेको र अवको दुई वर्षमा बढैयाताल गाउँपालिका पुर्ण रुपमा बालविवाह मुक्त हुने विश्वास पनि ब्यक्त गर्नु भयो । दुइ बर्षअघि सो वडामा गरिएको सर्वेक्षणमा १३ देखी १८ बर्ष उमेर समूहका ९५ प्रतिशतले वालविवाह गरेको तथ्यांक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?