logo
२०८० चैत्र १६ शुक्रवार



कानुनमन्त्री ढकाल र विश्व बैंकका बरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोबिच भेटवार्ता

राष्ट्रिय |


कानुनमन्त्री ढकाल र विश्व बैंकका बरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोबिच भेटवार्ता


गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २२ गते । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विश्व बैंक समूहले आयोजना गरेको कानुन,न्याय र विकास समुहको कार्यक्रममा सहभागी हुनु भएका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विश्व बैंक समूहका कानुन हेर्ने बरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँग भेटवार्ता गर्नु भएको छ ।

कात्तिक १८ गतेदेखि २१ गतेसम्म भएको कार्यक्रमको अन्तिम दिनमा भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा मन्त्री ढकालले आर्थिक रुपमा विपन्न नागरिक, सिमान्तकृत वर्ग र पिछडिएको समु्दायको न्यायमा पँहुच अभिबृद्धि गर्ने कार्यमा प्रविधिको प्रयोग तथा हालै निर्माण भएको मौलिक हक र संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरुको कार्यान्वयनमा सहयोग विस्तार गर्न समेत आग्रह गर्नुभयो ।
उपाध्यक्ष स्याण्डी ओकोरोले सन् २०२० मा नेपालको भम्रण गर्ने बताउँदै नेपाल सरकारको कानुन र न्यायको क्षेत्रमा निर्धारण गरेको प्राथमिकता क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
भेटवार्तामा मन्त्री ढकालको साथमा संयुक्त राज्य अमेरिकाको लागि नेपालको राजदुत डा.अर्जुनकुमार कार्की, कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सह–सचिव मानबहादुर अर्यालको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?