logo
२०८० चैत्र १६ शुक्रवार



तीन दिनमा २८ को मृत्यु, दुई करोडको क्षति

खुला |
समाज |


तीन दिनमा २८ को मृत्यु, दुई करोडको क्षति


नवराज कट्टेल

विराटनगर, कार्तिक १४ गते । सामाजिक अपराधका ठूला घटना नभएपनि प्रदेश १ मा दिपावलीको तीन दिनमा २८ जनाले विभिन्न कारणले ज्यान गुमाएका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार दिपावली तीन दिन भित्रमा दुर्घटना, आत्महत्या, झै–झगडा, डुबेर, जलेर २८ जनाले ज्यान गुमाएका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार दिपावलीका तीन दिनमा ४१ वटा सवारी दुर्घटनामा छ जनाको ज्यान गएको छ । दुर्घटनामा ५३ जना घाइते भएका छन् । तीन दिनमा सातवटा बस, एउटा माइक्रो, एउटा ट्याक्टर, तीन वटा ट्याम्पो, २६ वटा मोटरसाइकल र दुईवटा साइकल दुर्घटनामा परेका हुन् ।

दुर्घटना बाहेक प्रदेशका विभिन्न जिल्लामा ११ जनाले झुण्डिएर र तीन जनाले विषादी खाएर आत्माहत्या गरेका छन् । त्यस बाहेक लडेर चारजनाको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेर भएको झै–झगडाका कारण दुई जनाको ज्यान गएको छ ।
दिपावली अवधीभर प्रदेशका १५ वटा घरमा आगलागी भएको छ । पाँचवटा घरमा दिपावलीमा बालिएको बत्तीका कारण कारण आगलागी हुँदा ४२ लाख रुपिँया र दश घरमा विद्युत सर्ट भएर आगलागी हुँदा एक करोड ४५ लाख रुपिँया बराबरको क्षति पुगेको छ । आगलागीमा परी २ जनाको मृत्यु र तीनजना घाइते भएका छन् ।

पानीमा डबुेर समेत एक बालकको ज्यान गएको छ भने नदीले बगाउँदा एकजना वेपत्ता भएको प्रहरी कार्यालयले जानकारी दिइएको छ । यसबीचमा चारवटा जर्बरजस्ती करणीका घटना भएका छन् ।
प्रहरीले सुनसरीको धरानमा पाँचजनालाई हतियारसहित पक्राउ गरेको छ । हतियार देखाएर लुटपाट गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यसैगरी जुवा तथा तास खेल्ने र खेलाउने ५८ जनालाई नियन्त्रणमा परेका छन् । उनीहरुको साथबाट नगद ८ लाख ४३ हजार ५८२ सहित ३० बुक तास र १६ थान कौडा बरामद गरिएको छ । दिपावली लक्षित सुरक्षा सतर्कताका क्रममा १ लाख १८ हजार मूल्य बराबरको पटकासहित दुईजनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?