logo
२०८१ बैशाख ७ शुक्रवार



श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

अन्तर्राष्ट्रिय |


श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन


श्रीलंका, कात्तिक १२ गते । श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए ।
जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी लिने कार्य भइरहेको पनि आयोगले जनाएको छ ।
राष्ट्रपति पदका लागि हाल ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।

निर्वाचन आयोगले मतपत्र लामो भएकाले मतगणना स्थल पनि ठूलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ । आयोगका अनुसार यस पटकको चुनाव महंगो हुने देखिएको छ ।
यस पटकको चुनावमा करिब एक करोड मतदाता रहेका छन् । चुनावमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना उम्मेदवार बन्नु भएको छैन ।
श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । यस चुनावमा प्रधानमन्त्री रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका सजिथ प्रेमदासा र श्रीलंका पोदुजाना पेरामुना पार्टीका गोटाबाया राजापाक्षाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?