logo
२०८१ बैशाख ७ शुक्रवार



आश्रमका असहायसँगै राधिका आमाको दशैं

समाज |


आश्रमका असहायसँगै राधिका आमाको दशैं



काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहायहरूसँग दशैँ मनाउनु भएको छ । आश्रममा रहेका असहायहरुलाई टीका लगाई भोजन गराएर उहाँले रु ५० हजार सहयोग गर्नुभएको आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार शाक्यले यसअघि पनि पटकपटक सहयोग गर्दै आउनुभएको छ । उहाँलाई आश्रम परिवारले राधिका आमा भनेर सम्बोधन गर्ने गरेको छ ।

सो क्रममा उहाँले नेपाल सरकारले बेसहारामुक्त राष्ट्र बनाउने सङ्कल्प लिएको स्मरण गर्दै सरकारको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । निःस्वार्थ समाजको भलाईका लागि लागेको समुहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौं भन्ने भावना जागेर आएको बताउँदै उहाँले मानवसेवा आश्रम आफूहरूको लागिसमेत प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?