logo
२०८१ बैशाख ७ शुक्रवार



इतिहास बन्दै पिङ, नरमाइलो लाग्छ पिङविहीन गाउँघर

समाज |


इतिहास बन्दै पिङ, नरमाइलो लाग्छ पिङविहीन गाउँघर


मनोज भट्टराई,
ओखलढुंगा, असोज २३ गते । गाउँघरमा पिङ देखिन छाडेका छन् । दशक अगाडिसम्म टोलटोलमा देखिने पिङ अहिले कहीँ पनि देखिन्नन् । पिङमा तँछाड मछाड गर्ने बालबालिका पछिल्ला् समय घर भित्रबाट बाशिर निस्कन छाडेका छन् ।
नेपालीहरूको महान पर्व दसैं र तिहारको मुख्य आकर्षण मध्येको एक हो पिङ । तर, आजभोलि गाउँमा देखिन छाडेको छ । युवापुस्ताको पिङप्रतिको आकार्षण घट्नु र उनीहरूले अरु नै साधनबाट मनोरञ्जन लिन थालेपछि पिङ लोप बन्दै गएको हो । केही वर्ष अघिसम्म गाउँमा लिङ्गेपिङ र रोटेपिङ हालिने भए पनि यस वर्ष पूरै सुनसान भएको छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको छ ।
सानै उमेरदेखि दसैंमा पिङ खेल्ने गरेका लिखु ६ कै मुक्तिीबहादुर सर्की यसपटक पिङ खेल्न नपाए पछि दसैं खल्लो भएको बताउनुहुछ । पहिले टोलटोलमा पिङ थाप्ने एक किसिमको प्रतिस्पर्धा नै हुन्थ्यो तर, अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको उहाँको भनाई छ ।
गाउँमा पिङ नहालेपछि वृद्धदेखि बालबालिका सम्मले रम्न नपाएको लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टीकाराम मगरले बताउनुभयो । पछिल्लो सय खेलकुद विकासमा युवा लागेपछि आफ्नो गाउँमा साथिभाई सँग भेटहुने माध्ययम खेलकूद रहेको उहाँले बताउनुभयो ।
युवाले आधुनिकताको नाममा संस्कृतिलाई छाड्दै गएकोले संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्ने चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले बताउनुभयो ।
नयाँ पुस्ताका बालबालिकाले जाँतेपिङ र रोटेपिङको नामसमेत सुन्न छाडेका छन् अव इतिहँसमा पिङहाल्ने ठाउँ मात्र रहने र पिङ नहुने उहाँको भनाई छ । अ आफ्नो संस्कृति जोगाउन स्थानीय तहले नै कदम चाल्ने उहाँले बताउनभयो ।
दसैं तिहारको समयमा सहर तथा ग्रामीण क्षेत्रमा केही वर्ष अघिसम्म छ्यापछ्याप्ती हुने गरेका पिङ अहिले कहीँ कतै मात्र देखिन्छन् । जाँतेपिङ पूरै लोप भएको छ भने लिङ्गे पिङ र रोटेपिङ पनि लोपोन्मुख रहेका छन् । उहिले माया पिरतिका कुरा गर्ने मात्र नभएर शुभकामना साटसाट गर्ने स्थान बनेका थिए पिङ खेल्ने ठाउँ तर गाउँका मुख्य स्थल पूरै सुनसानजस्तै बनेका छन् । दसैंको बेला रमाइलो गर्ने र साथीभाइसँग भेटघाट गर्ने थलोको रुपमा पनि पिङलाई लिइन्छ । क्रमिक रुपमा भइरहेको यसको विस्थापनले अग्रजहरू आफ्नो संस्कृति हराउँदै गइरहेकोमा चिन्तित छन् । यस्ता पिङलाई संरक्षण गर्नुपर्नेमा पाकाहरूको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?