logo
२०८१ बैशाख ७ शुक्रवार



तोरीको बीउ अनुदानमा वितरण

अर्थ |


तोरीको बीउ अनुदानमा वितरण


लमही,  असोज २२ गते । जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ । दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा विभिन्न समूह, सहकारीलाई तोरीको उन्नत जातको उन्नत बीउ वितरण गरेको तोरी जोन कार्यक्रमका प्रमुख तिलक केसीले जानकारी दिनुभयो । साउनेपानी कृषि सहकारी संस्था शान्तिनगरलाई बीउ उत्पादनका लागि दुई क्विन्टल तोरी वितरण गरेको प्रमुख केसीले जानकारी दिनुभयो ।

पाँच हजार ३११ केजी तोरी सहकारीबाट गरी विभिन्न २० सहकारी र कृषि समूहका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका–१, २ र शान्तिनगर, बबई, दङ्गीशरण गाउँपालिकामा ६६४ बिगाह जमीनमा तोरी खेतीका लागि अनुदानमा बीउ उपलब्ध गराएको तोरी जोन सञ्चालक समितिका अध्यक्ष भीमबहादुर वलीले जानकारी दिनुभयो ।

त्यस्तै सिँचाइका लागि १० कुलो निर्माण, सात पम्पसेट वितरण र ५० भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको छ । “जोरी जोनअन्तर्गत तोरी उत्पादन बढाउने उन्नत बीउ अनुदानमा वितरणदेखि विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ, यसले गर्दा जिल्लामा तोरी उत्पादन बढ्ने र कृषकहरुलाई तोरी खेतीमा आकर्षण थप्नेछ”, प्रमुख केसीले भन्नुभयो ।

त्यस्तै यस वर्ष दुई बिगाहा जमीनका तोरी प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ । तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?