छोरीलाई दाइजो : कविता कुँदिएको एक थान फ्रेम

समाज |


2019-10-05-2312



दीपक ज्ञवाली
बुटवल,असोज १८ गते । पश्चिम तराईका जिल्लाहरुमा अझै पनि दाईजोको डरलाग्दो रुप छ । दाईजो कै कारण अनेक अनिष्ट निम्तिइरहनेमध्येको यौटा जिल्ला रुपन्देहीमा एक साहित्यकारले दाईजो प्रथा विरुद्ध चोटिलो प्रहार गर्नुभएको छ ।
तिलोत्तमा नगरपालिका ८ मणिग्राम शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारि पराजुली र श्रीमती गीता पराजुलीकी छोरी अस्मिता पराजुलीको बिबाहमा पिता डा.पराजुलीले हिंसा निम्त्याउने दाईजोको सट्टा चेतना उचाल्ने एक थान कविता दाईजो दिनुभयो । एक थान कवितासंगै थिए पांच थान पुस्तक पनि । ती पुस्तक पनि चेतना चम्काउने बिभिन्न बिधा र सामग्रिका थिए,डा.पराजुलीले नै लेखेका ।
छोरी अस्मिताको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद् सोमप्रसाद पाण्डेय तथा श्रीमती स्व. रुक्मिणी पाण्डेयका छोरा अचलराज पाण्डेयकाबीच बिबाह भएको हो ।
दाइजोरहित बिबाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो दिईएको थिएन । वधूका पिता पराजुलीले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी कवितासंगै आपूmलिखित पुस्तक उपहार दिनुभयो । सम्धीहरुलाई टीका, एकएक वटा गुलाफका पूmलसहित दोसल्ला ओढाएर र जन्तीहरुलाई टीका तथा पूmल दिएर विदाइ गर्नुभयो ।
वैवाहिक समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नं. प्रदेशका विभिन्न मन्त्री, सांसद् तथा साहित्यकारहरु साक्षी हुनुहन्थ्यो ।
यो त्यही जिल्ला हो जहां झण्डै दश बर्षअघि सामाजिक अभियन्ता गीता पोखरेलको नेतृत्वमा दाईजो प्रथा विरुद्ध थालिएको बेजोड अभियानले दशैभरी चर्चा पाएको थियो । तर पछि त्यो अभियान सेलायो । जिल्लाका सिमावर्ती भागहरुमा फेरि दाईजोका अनेक विकृत रुपहरु सल्बलाउन थाले ।
डा.पराजुली दाईजोका एक अनेक विकृतिविरुद्ध कमसेकम पढेलेखेकाहरुले केही न केही गर्नुपर्ने ठान्नुहुन्छ । भन्नुहुन्छ ‘सामाजिक रुपान्तरणको अभियानका लागि मैले यही गरें ।’
उहांका सम्धी पूर्बमन्त्री तथा प्रतिनिधि सभाका सांसद् पाण्डे पनि दाईजो प्रथालाई निरुत्साहित गर्न यस्ता अभियान प्रभावकारी हुने ठान्नुहुन्छ । ‘यो बिबाहमा पनि दाईजोलाई निरुत्साहित गर्ने शैली अपनाउनेबारे दुबै पक्षविच सल्लाह गरेकाथियौं । ’ उहां भन्नुहुन्छ ‘बिहेमा केही दिने नै भए तपाईले नै लेखेका सृजना दिनोस भनें,डा.पराजुलीले त्यही दिनुभो । गज्जव भयो ।’
यसअघि पाण्डेका जेठा छोरा डा.बिशालको बिबाह पनि दाईजोरहित नै भएको थियो । डा.बिशालको बिबाह पूर्ब प्रधानमन्त्री माधव नेपालकी छोरी डा.सुमन नेपालसंग भएको हो । पाण्डेका भनाईमा त्यो बिबाहमा फूलका गुच्छाहरुको आदान प्रदान मात्रै भएकोथियो ।
छोरी अस्मिताको जीवन–गीत ज्वाई अचलको संगीत साधनाबाट कालजयी बन्ने शुभेच्छासहित दशैंको पञ्चमीको दिन बिहिबार डा.पराजुलीले दाईजो स्वरुप प्रदान गर्नुभएको कवितामा लेख्नुभएको छ ः
....हामीले रचेको
हाम्रो अस्मिताको गीत
आज समर्पण गर्दैछौँ
यो गीत कालजयी होओस्
हाम्रो अस्मिताको गीतमा
अचल साधना परिरहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?