logo
२०८१ बैशाख ६ बिहीवार



तलब नपाएपछि कर्मचारी निरास 

समाज |





मुकेश मिश्रा
मलंगवा, असोज १७ गते । बसबरिया गाउँपालिकाका कर्मचारीरुले दसैं जस्तो महान् पर्वमा तलब नपाउँदा निरास भएका छन् ।

गाउँपालिका कर्मचारीहरु साउन महिनादेखि नै यता तलब नपाएपछि निरास भएका हुन् ।

गाउँपालिकाका शिक्षा संयोजक राम आश्रे ठाकुरका अनसार १७ वटा विद्यालयका ६५ जना शिक्षकको साउनदेखि कार्तिकसम्मको तलब र दशैँको पेश्कीसहित ५ महिनाको तलब पाएका छैनन् ।

घरपरिवारको लताकपडा सरसमान खरिद गर्न गोजीमा एक पैसा नभएपछि हाम्रो लागि दसँै नआएको संयोजक ठाकुरले दुखेःसो पोख्नुभयो ।

यसबारेमा लेखा प्रमुख गणेश यादवसँग बुझ्दा उहाँले तलब भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतको लापरवाहीका कारण काम गर्ने अवस्था नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?