logo
२०८१ बैशाख ८ शनिवार

  दशैंमा फेसनको कुरा 



बजारमा कस्तो चलेको छ त्यसमा ‘अपडेट’ हुनु पर्छ

समाज |


बजारमा कस्तो चलेको छ त्यसमा ‘अपडेट’ हुनु पर्छ
तस्विरः सागर बस्नेत



यलु जोशी

काठमाडौं, असोज १७ गते । दशैं तपाईं मध्ये धेरैको घरमा प्रवेश गरी सकेको छ । दशैं मुख्य रुपमा खाने र लाउने पर्व हो । त्यसैले धेरैले आफ्ना लागि मन परेका लुगाकपडा किनी सक्नु भयो होला । फेसन बारे धेरैको फरक धारण हुन सक्छ । फेसन नयाँ युगको पहिचान हो । हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो भनेकै फेसन हो । फेसन विना मानिसको पहिचान फरक हुन्छ । चाडवाड वा अन्य जमघटमा विशेष रुपम फेशनेबल हुनुले हाम्रो व्यक्तित्वको मापन हुने आम धारणा रहेको छ ।
फेसन डिजाइनर आस्तिक शेरचन भन्नुुहुन्छ, फेसन समय मापन गर्ने माध्यम हो । ढुंगे युगवाट शुरु भएको मानव सभ्यतामा फेसनले त्यो बेला खासै रुप लिन सकेको थिएन । लाज ढाक्ने कार्य रुख–बिरुवाका पात–पतिङ्गरबाट जानी–नजानी भयो । शायद फेसनको प्रारम्भ र शुरुवात यसैलाई भन्न सकिन्छ ।
शरीर ढाक्न तथा लाज जोगाउन विभिन्न शैली र डिजाइनमा लुगा तयार गर्न जानेपछि नै फेसनले नयाँ गत्ति लिएको मानिन्छ । यो गत्तिसँगै एकाइसांै शताब्दीमा फेसनले ठूलो फड्को मारेको पाइएको छ । यस क्रममा विभिन्न फेसन डिजाइनर तथा फेसन व्यवसायीको फेसन बजारमा राम्रो उपस्थितिले समयानुकुल फेसनको विकास भएको भनिन्छ । नयाँ युगको पहिचान तथा समय मापनको माध्यमको रुपमा रहेको फेसनले नेपालमा पनि राम्ररी नै स्थान पाएको छ ।
घरमा खानै नपाए तापनि बाहिर राम्रो लुगा लगाउनु पर्दछ भन्ने नेपाली मान्यताले चाँडै नै स्थान जमाउन सफल भएको पाइन्छ । अरु, कुरामा नेपाली पछि छन तर नेपालीहरू फेसनको मामिलामा अग्रपंक्तिमा नै देखिएका छन् । जसले गर्दा केही समय यता किराना पसल जस्तै फेसनेबल फेन्सी पसलदेखि महंगो लगानीका बुटिक समेत खोल्नेहरू बीच हानथाप नै भइरहेको देखिन्छ ।
त्यस बाहेक नेपाली महिला तथा पुरुषमा फेसनेबल बन्ने तीब्र प्रतिस्पर्धा भैरहेको पाइन्छन् । यही प्रतिस्पर्धाले कुनैबेला दशैको बेलामा मात्र व्यस्त बन्ने फेसन व्यवसायीहरु हाल बर्षभरि नै ब्यस्त बनिरहेका छन् ।
युवापुस्ता बीचको यस्ता फेसनको कुरामा होडवाजी नै हुने गर्छ । मोडल एलिना शाक्य भन्नुहुन्छ, बजारमा कस्तो फेसन चलेको छ त्यसमा अपडेट हुनु जरुरी छ ।
हाम्रो जीवनशैली यही चलेको फेसनले नै गर्छ भने आत्मवल पनि बढाउन मदत्त गर्छ ।
उहाँले अरु साथीहरु सबै अहिले चलेको फेसनमा सजिएको र आफू पुराना फेसनमा नै रहिरह्यो भने आफ्नो आत्माविश्वास घट्ने र केही बोल्न नै नसक्ने हुने बताउनुहुन्छ ।
यस्तै पूर्व मिस नेपाल शृङ्खला खतिवडाले फेसनको नाममा मन परितन्त्रले समाजमा नकारात्मक असर पार्ने गर्नु उचित नभएको बताउनुहुन्छ । हाम्रो जीवनमा फेसनको महोत्व रहेको र आफूपनि फेसनको कुरामा अघि रहे पनि समाजमा विकृती भने लिएर आउनु नहुने बताउनुहुन्छ ।
मिस नेपाल खडिवडा भन्नुहुन्छ, फेसन भनेको शरीर सुहाउँदो शरीर ढाक्ने माध्यम हो । यसलाई सामाजिक आँच आउने किसिमले बिरुप पार्नु अवश्य पनि हुँदैन ।
फेसन त सभ्य हुनुपर्दछ । गुलाफ जस्तै हेर्दैमा सुन्दर हुनुपर्दछ । सुसंस्कृत बन्नु पर्दछ । यसो भएमा समाज मयादित बन्ने गर्दछ । उक्त मर्यादाले समाजले सामाजिक हुनुको मर्यादा एवम् सही गत्ति पाउनुको मज्जा महशुश गर्न पाउछन् । अर्कोतर्फ समयानुकुल फेसनको परम्पराले विभिन्न मौसम तथा पर्व विशेषको आँकन हुने भएबाट सोही अनुरुप डिजाइनरबाट डिजाइन हुनु आवश्यक छ ।
फेसन डिजाइनर निलम मिर चण्डानीले समाजलाई नै भड्खालोमा पार्ने गरेर फेसनेबल गर्नु राम्रो नभएको बताउनुहुन्छ ।
उहाँले मोडलले इलेक्ट्रोनिक्स तथा पेपर मिडियामा छाउँदा सकभर शालिन सुन्दरतामा सोही अनुरुपका फेसनमा छाउन जान्नु पर्ने बताउनुभयो । आफ्नो शरीर अनुसारको फेसनलाई दरिलो रुपमा प्रस्तुत गर्न सक्नु पर्दछ । यिनै रोलमोडलहरुलाई आदर्श मान्ने उपभोक्ताबादी संस्कारको विस्तारै नेपालमा विकास हुन थालेको छ ।
मिरचण्डानीले फेसन बजारलाई हाँक्ने कार्य समेत हाल आएर चलेका पुराना मोडलहरुबाट भईरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?