logo
२०८० चैत्र १६ शुक्रवार



मानव सेवा आश्रममा फलफूल वितरण 

समाज |




  
पोखरा, असोज ५ गते ।  संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो ।    
    
आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् ।    
    
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा अब कोही पनि मानिस भोकै र अनाथ हुनुपर्ने अवस्था नरहने व्यवस्था संविधानमै रहेको बताउनुभयो ।    
    
उहाँले परिवारबाट अपहेलित वा पीडित भई तथा छिन्नभिन्न भएका व्यक्तिको सामाजिक उत्तरदायित्व राज्यले लिनुपर्नेमा जोड दिनुभयो ।    
    
मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले मुलुकको विभिन्न स्थानमा सञ्चालित आश्रमले हाल ८०० भन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले सडकमा बेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलनसमेत गराइएको बताउँदै यस कार्यमा तीन वटै सरकार जिम्मेवार हुनुपर्ने विचार राख्नुभयो ।    
    
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० स्थित विष्णुकुमारी गुरुङले बुबाको स्मृतिमा उक्त आश्रमलाई रु नौ हजार नगद प्रदान गर्नुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?