logo
२०८१ बैशाख ६ बिहीवार



जोखिममा परेका बालबालिकाका लागि ‘आमा घर’

समाज |


जोखिममा परेका बालबालिकाका लागि ‘आमा घर’


मुना हमाल,

सुर्खेत, भदौ ३१ गते । जोखिममा परेका सडक बालबालिकाका लागि ‘आमा घर’ सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक माहाशाखाले विभिन्न बालबालिकासँग सम्बन्धित काम गर्ने संघसंस्थाको सहकार्य र समन्वयमा जोखिममा परेका बालबालिकाको उद्धार तथा पुर्नस्थापनाका लागि ‘आमा घर’ सुरु गरेको हो ।

विरेन्द्रनगर ९ स्थित एकल महिला समुहको कार्यालयमा सञ्चालन गरिएको ‘आमा घर’मा नौँ जना बालकहरुलाई सडकबाट उद्धार गरेर राखिएको छ । जोखिममा परेका सडक बालबालिकाहरुको उद्धार र पुर्नस्थापनाका लागि सााजिक महाशाखाको प्रमुख संयोजक हुने गरी सडक बालबालिका उद्धार तथा व्यवस्थापन समिति गराइएको छ । यसको सहसंयोजक वीरेन्द्रनगर नगरपालिकालाई राखिएको छ । प्रदेश सरकारले आफ्नै बालगृह नभएकाले हाललाई अल्पकालिन रुपमा एकल महिलाको कार्यालयमा अल्पकालिन रुपमा राखिएको सामाजिक विकास महाशाखाका अधिकृत यशोदा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा घर संचालनका लागि सुर्खेतस्थित आवाज संस्था, स्याक नेपाल, सुन्दर नेपाल संस्था, एसओएस, एकल महिला समूह र बाल क्न्लिकले सहयोग भएको छ । आमा घरमा राखिएका बालकहरुका लागि संस्थाहरुबाट स्वास्थ्य जाँच, आवास, खाद्यनन्, खेलकुदका सामग्रीलागयत सहयोग भएको शर्माले बताउनुभयो । आमा घर सञ्चालकालागि वीरेन्द्रनगर नगरपालिकालाई जिम्मा दिइने पनि उहाँको भनाइ छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा सडक बालबालिकाको संख्या बढ्दो छ । सामाजिक विकास महाशाखाका अनुसार वीरेन्द्रनगरमा करिब ३५ जना सडक बालबालिका रहेका छन । उनीहरुको उद्धार तथा पुर्नस्थापनाका लागि सााजिक विकास शाखााको अगुवाईमा आमा घर सञ्चालनमा ल्याइएको हो । बालबालिकाको उद्धार गर्ने र परिवरसँगपनि मिलन गराउने लक्ष्य लिइएको छ ।

अहिले बाल गृह नभएको अवस्थामा अस्थायी रुपमा केही समयका लागि मात्र एकल महिला समुहको कार्यालयमा राखिने शाखाले जनाएको छ । एकल महिला समूहका अध्यक्ष शितलसिंह राठौँरले सबैको सहयोग र सहकार्यमा उनीहरुको हेरचाह गरिरहेको बताउनुभयो ।

‘अहिले हामीले अल्पकालिनका लागि मात्रै सडक बालबालिकाकको व्यवस्थापन र पुर्नस्थापनाको लागि बालबालिकासँग सम्बन्धित संघसंस्थाको सहकार्य र समन्वयमा आमा घर सञ्चालनमा ल्याएकाक हौँ’ उहाँले भन्नुभयो, ‘हामीले अब दिर्घकालिन रुपमा के गर्न सकिन्छ भनेर योजना बनाउने बिषयमा सबैसँग छलफल गछौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?