logo
२०८१ बैशाख १३ बिहीवार



पैंतीस हजार धरौटी तिर्न नसक्दा किशोरी कारागारमै

समाज |


पैंतीस हजार धरौटी तिर्न नसक्दा किशोरी कारागारमै


कमल शर्मा
दैलेख, भदौ २६ गते । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न ः ५ की १८ बर्षिया किशोरी बाल बिवाहको मुद्दामा जिल्ला अदालतबाट ३५ हजार रुपिया धरौटीमा छाड्ने आदेश भयो । तर उहाँले थुनछेक आदेश बमोजिम धरौटी रकम तिर्न सक्नु भएन र कारागारमा बस्न बाध्य हुनुहुन्छ ।
दैलेख जिल्ला अदालत दैलेखले गत साउन ८ गते थुनछेक बहसपछि मागेको ३५ हजार धरौटी रकम तिर्न नसक्दा डेढ महिनादेखि उहाँ जिल्ला कारागारमा बस्न बाध्य हुनुहुन्छ ।
बालविबाह गरेको आरोपमा उहाँसंगै पक्राउ परेका आठबीस नगरपालिका सिगौडीका ३९ बर्षीय रामप्रसाद जैसी ३५ हजार रकम तिरेर साउन ८ गते नै धरौटी तारेखमा छुटेपनि किशोरी भने धरौटी रकम तिर्न नसक्दा कारागारमा बस्न परेको जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले बताउनुभयो ।
उहाँले धरौटी जम्मा गरेको दिनमा नै उनलाई तारेखमा छोडन सकिने जनाउनुभयो । गएको असार १४ गते बालविबाह गरेको आरोपमा आफनै आमाले दिएको उजुरीका आधारमा प्रहरीले रामप्रसाद जैसी र किशोरीलाई फक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला सरकारी वकिल कार्यालयले साउन ८ गते बालविबाह मुद्दा दर्ता गरेको थियो ।
परिवारमा एक छाक टार्न मुश्किल परिवारकी उनलाई अदालतले तोकेको धरौटी तिर्न नसकेका कारण उनी कारागारमै बस्न बाध्य भएकी हुन् । किशोरीका आमा कारागार आएपछि आफूले धरौटी रकम जम्मा गरेमा तारेखमा छोड्न सक्ने बताएपछि आफूहरुसँग तत्काल उक्त रकम नभएको बताएपछि किशोरी कारागारमा बस्नुपरेको जेलर खत्रीले बताउनुभयो । जिल्लामा बालबिवाह न्यूनीकरणका लागि बिभिन्न प्रयासहरु संचालन गरेपनि उक्त अभियानले सार्थकता पाउन सकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?