logo
२०८१ बैशाख १३ बिहीवार



महिला सशक्तिकरणमा संलग्न संस्था तथा व्यक्ति सम्मानित

समाज |


महिला सशक्तिकरणमा संलग्न संस्था तथा व्यक्ति सम्मानित


गोरखापत्र समाचारदाता

ललितपुर, भदौ २१ गते । मिथिला कलामार्फत् महिला सशक्तिकरण र अधिकारको वकालत गर्दै आउनुभएकी सुनैना ठाकुरलाई ५० हजार रुपियाँ राशिको ‘संगती ग्रान्ट अवार्ड’ प्रदान गरिएको छ । कलाकार ठाकुरले मिथिला चित्रकलामार्फत् लैङ्गिक समानता, महिला अधिकार, शसक्तिकरण, समावेशीकरण, महिला हिंसाबारे विश्वलाई सन्देश प्रवाह गरेको भन्दै सो अवार्ड प्रदान गरिएको हो ।

सुगभवानीपट्टि महोत्तरीकी ठाकुर महिला उद्यमीसमेत हुनुहुन्छ । अन्तर्राष्ट्रिय महिलावादी एक्यवद्धताको उत्सव मनाउन ‘उर्लंदो सय करोड २०२०’ को आरम्भ कार्यक्रममा शनिबार सो अवार्ड प्रदान गरिएको हो । दक्षिण एसियाली राष्ट्रहरुमा आधारित नारीवादी नेटवर्क संगत नेपालद्वारा आयोजित कार्यक्रममा संस्थागततर्फ तारकेश्वर नगरपालिका क्षेत्रमा महिलाको सीप विकास एवं स्वास्थ्य जनचेतनामा सक्रिय संस्था ‘सिर्जनशील महिला समाज’ लाई संगती ग्रान्ट अवार्ड प्रदान गरिएको छ ।

 सो अवार्डको राशि एक लाख रुपियाँको रहेको छ । महिला अधिकार, सशक्तिकरण र नेतृत्व विकासको क्षेत्रमा सक्रिय ४० वटा सामाजिक संस्थाले स्थापना गरेको सो अवार्ड चार वर्षदेखि प्रदान गरिदै आएको छ । सोे अवसरमा नवौं मितो मेमोरियल अवार्डसमेत घोषणा गरिएको थियो ।

यस वर्ष यो अवार्ड आजाद फाउन्डेसनमा किशोरी कार्यक्रममा भर्ना भएका ५० जना बालिकालाई उच्च माध्यमिक तहसम्मको अध्ययन पूरा गर्न सक्षम बनाउन प्रदान गरिएको छ । नृत्यांगना, मानव अधिकारकर्मी स्वर्गीय मितो भसिन मलिकको सम्झनामा मितो स्मृति अवार्ड स्थाना गरिएको हो ।

महिला सशक्तिकरण, न्याय, मानवअधिकार र शान्तिका लागि कार्यरत प्रतिवद्ध दक्षिण एसियाली महिलाहरुलाई प्रदान गरिने दक्षिण एसियाकी सामाजिक अभियन्ता, कवि, लेखक कमला भसिनले सुरु गरेको वान बिलियन राइजिङ् नेपालमा सुरु भएको छ । कार्यक्रममा अवार्डसमेत भसिनले नै प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?