logo
२०८० चैत्र १५ बिहीवार



महिलावादी एक्यवद्धता उत्सब काठमाडौंमा हुने

समाज |


महिलावादी एक्यवद्धता उत्सब काठमाडौंमा हुने


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । महिला हिंसा विरुद्ध जन चेतना जगाउने उद्देश्यले आगामी शनिवार काठमाडौंमा अन्तर्राष्ट्रिय महिलावादी एक्यवद्धता उत्सब मनाइने भएको छ ।
सो कार्यक्रममा लैङ्गिक समानता, न्याय र शान्तिका लागि नेपाल लगायत दक्षिण एशियामा काम गरिरहेका महिला अभियन्ता तथा समूहलाई सम्मान गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा ‘उर्लंदो सय करोड २०२०’ को आरम्भ, संगत फलोसीप र मितो मेमोरियल अवार्डको घोषणा समेत गरिने जानकारी गराइएको थियो ।
सो उत्सबमा दक्षिण एशियाका धेरै प्रतिष्ठित महिला पुरुष तथा नारीवादी अभियन्ताहरू सहभागी हुनु हुने छ । पत्रकार सम्मेलनमा बोल्दै नारीवादी अभियन्ता कमला भासीले नेपालले विगत केही वर्षमा महिला अधिकारका क्षेत्रमा केही उदाहरणीय काम भएको बताउनुभयो ।
उहाँले अहिले विश्वमा हरेक तीन जानामा एक महिला कुनै न कुनै हिंसाको शिकार हुने गरेको र धेरै हिंसाका घटना घर भित्रबाटै हुने गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?