logo
२०८१ बैशाख ८ शनिवार



तीन दिनदेखि संक्रमण ओरालो , साेमबार उच्च ४८.६ प्रतिशत

खोप नलगाए गम्भीर असर

स्वास्थ्य |


तीन दिनदेखि संक्रमण ओरालो , साेमबार उच्च ४८.६ प्रतिशत


काठमाडौं, माघ १३ गते । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपाल लगायत विश्वका विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको छ । यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भनेर घोषण गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पुस १९ गते पहिलो पटक ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो । मन्त्रालयले नेपालमा पछिल्लो केही दिनयता पुष्टि भएका संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोनबाट संक्रमित भएको बताएको छ।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै संक्रमणदर पनि बढ्दै गइरहको छ । पुस महिनाको पहिलो सात परीक्षण गरिएका मध्ये एक वा दुई प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको थियो । यो संख्या ह्वातै बढेर माघ महिनाको दोस्रो सातामा पुग्दासम्म ४९ प्रतिशत पुगेको छ ।

यस्तो संक्रमण दर
पुस १९ गते परीक्षण गरिएकामध्ये २.६ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । त्यसयता कोरोना संक्रमणदर उकालो लाग्दै आइरहेको छ । परीक्षण गरिएका मध्ये पुस १९ गते २.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । यो दर पुस २५ गते बढेर ९.१ प्रतिशतमा पुगेको थियो । यो संख्या पुस ३० गते पुग्दासम्म २४.७ प्रतिशत पुगेको थियो ।

यसरी मन्त्रालयको आँकडा विश्लेषण गर्दा माघ १ गते ३१‍‍‍.८ प्रतिशतमा कोरोना पुष्टि भएको देखिन्छ । यो सङ्ख्या माघ ५ गते ४८ .४ प्रतिशत पुगेको छ । तेस्रो भेरियन्ट फैलिएपछि माघ १० गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको देखिन्छ । माघ १० गते परीक्षण गरिएकामध्ये ४८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । त्यसयता भने संक्रमण दर विस्तारै घटेको देखिन्छ । माघ ११ गते ४६.३ प्रतिशतमा संक्रमण पुष्टि हुँदा माघ १२ गते ४१.५ र १३ गते ३६.८ प्रतिशतमा झरेको छ ।

घट्दै संक्रमण
ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको छ । जसरी तीव्र गतिमा फैलिएको छ त्यही गतिमा घट्दै जाने विज्ञको प्रक्षेपण अनुसार ओमिक्रोन संक्रमणदर घटेको देखिन्छ । विश्वमा पनि त्यस्तै टेन्ड्र देखिएको प्रा.डा.जनक कोइरालाको भनाइ छ ।

यसअघि नै स्वास्थ्य मन्त्रालयले ३–४ सातामा संक्रमणदर उच्च विन्दुमा पुग्ने र विस्तारै ओरालो लाग्ने बताएको थियो । ‘विश्वका अन्य देशको तथ्यांक हेर्दा यो भेरिएन्ट ३ देखि ४ हप्ता उच्च हुने र विस्तारै ओरोलो लाग्दै गएको देखिएको छ । नेपालमा पनि अब बिस्तारै ओरालो लाग्दै जान्छ’, उहाँले भन्नु भयो ।

ओमिक्रान भेरिएन्ट कस्तो भेरिएन्ट हो ?
ओमिक्रोने भेरिएन्टको संक्रमण फैलने दर भने यसअघिका भेरियन्ट भन्दा बढी छ। संक्रमणदर बढी भए पनि यसका लक्षण सामान्यनै देखिएका छन् । नेपालमा मात्र होइन विश्वका विभिन्न देशमा पनि यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोनको असर निकै कम देखिएको विज्ञले बताउँदै आएका छन्।

विश्वभरको तथ्यांकलाई हेर्दा यसअघिको भेरियन्ट डेल्टा तुलनामा ओमिक्रोन भेरिएन्ट कमजोर देखिएको छ। ओमिक्रोन भेरियन्ट फैलिँदै गए पनि यसको फैलावट अनुसार गम्भीर हुने बिरामीको संख्या र मृत्युदरमा भने यसअघिका भेरिएन्टमा भन्दा धेरै कम पाइएको छ।

यो भेरिएन्टले बढी मात्रामा संक्रमित पारे पनि अस्पतालमा भर्ना हुने दर कम रहेको छ। विश्वका अन्य देशमा जस्तै नेपालमा पनि ओमिक्रोनको संक्रमणदर बढी भए पनि यसको असर भने डेल्टाको तुलनामा कम रहेको छ ।

अस्पतालमा भर्ना दर ५ गुण कम
यो भेरिएन्टबाट संक्रमण भएर अस्पताल भर्ना हुने दर डेल्टाको तुलनमा ५ गुणा कम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । ओमिक्रोन भेरियन्टले संक्रमण भएकाको आइसीयूमा भर्ना हुने दर डेल्टा भेरिएन्टको तुलनमा गुण कम रहेको डा. पौडेल बताउनुहुन्छ ।

त्यस्तै डा. पौडेलका अनुसार यो भेरिएन्टबाट संक्रमण भएर भेन्टिलेटरमा उपचार गराउने संख्या पनि डेल्टाको तुलनामा ५ गुणा कम छ ।

खोप नलगाए गम्भीर असर
ओमिक्रोनको संक्रमण कोरोना भाइरसविरुद्धको खोप लगाएका/नलगाएका दुवै सङ्क्रमित भएका छन् । यो भेरिएन्टले धेरैजनालाई सामान्य लक्षण देखाए पनि बालबालकाले केही बामिसलाई आईसीयूमा भर्ना भएर उपचार गनुपर्ने अवस्था पनि आएको डा. कोइराला बताउनुहुन्छ ।

उहाँका अनुसार संक्रमित भएकामध्ये खोप नलगाएकालाई संक्रमितलाई धेरै गा¥हो बनाएको अस्पतालमा देख्न सकिन्छ । अध्यानले पनि बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

ओमिक्रोन भेरिएन्टका लक्षण
ओमिक्रोनले श्वासप्रश्वासको माथिल्लो भागमा बढी असर गर्ने अध्ययनले देखाएका छन् । मनिसमा रोग प्रतिरोधात्मक क्षमता बढेकोले भाइरस कमजोर बन्दै गइरहेकोले ओमिक्रोनले अहिले हल्का संक्रमण देखिएको अध्ययनले देखाएको डा. कोइराला बताउनुहुन्छ ।

डा. कोइरालाका अनुसार ओमिक्रोनबाट संक्रमित भएकालाई हल्का ज्वरो आउने, घाँटी दुख्ने, रुघा लाग्ने, घाँटी खसखस हुने, शरीर दुख्नु, टाउको दुख्ने समस्या हुने जस्ता लक्षण देखिने गरेका छन् । कुनै/कुनैलाई स्वाद हराउने गन्ध्र हराउने जस्ता लक्षण पनि देखिएका छन् ।

‘डेल्टा भाइरसले फोक्सोमा असर पुर्‍याउने र विस्तारै निमोनिया बनाउने भएकोले धेरै मानिसलाई आइसीयू भेन्टिलेटरको आवश्यक थियो’, डा. कोइराला बताउनुहुन्छ,‘तर ओमिक्रोनले श्वासप्रश्वासको माथिल्लो भागमा बढी असर गर्ने हुँदा जटिल स्वास्थ्य समस्या निम्त्याएको छैन ।’

यो भेरिएन्टले पनि खोप नलगाएका बच्चालाई, दीर्घ रोगीलाई जटिल स्वास्थ्य समस्या ल्याएको हुँदा हेलचेक्राइन नगर्न र जनस्वास्थ्यका मापदण्ड पालन गर्न अनुरोध गरिएको छ ।

नयाँ भेरियन्ट आउने चेतावनी
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको यो भेरिएन्ट अन्तिम नभएको भन्दै हेलचेक्राइन नगर्न आग्रह गरेको छ। यसपछि पनि नयाँ भेरिएन्ट आउन सक्ने डा. कोइराला बताउनुहुन्छ । डा. कोइरालाका अनुसार विश्वमा दुई वर्षमा कोरोना भाइरसको प्रकृति हेर्दा ६/६ महिनामा नयाँ म्युटेशन आएको देखिन्छ । कुनै देशमा तीन/चार महिना पनि कोरोनाको नयाँ म्युटेशन भएको छ । नयाँ भाइरस कस्तो अवस्थामा आउँछ भन्ने एकिन नभएको कोइराला बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?