logo
२०८० चैत्र १६ शुक्रवार



याे वर्ष चाडपर्व लक्षित सामग्री आयातमा दाेब्बर वृद्धि

अर्थ |


याे वर्ष चाडपर्व लक्षित सामग्री आयातमा दाेब्बर वृद्धि


काठमाडौं,कात्तिक २५ गते । नेपालमा चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्ब ५२ करोड एक लाख पाँच हजार ४९१ बराबरको दशैं, तिहार, छठ, क्रिसमस र माघी लक्षित नरिवल, काजु, बदाम, अलमण्ड, ओखर पिस्ता, सुपारी, तास, अंजिर, भुइँकटर, केरा, खजुर, क्रिसमसका रुखमा बालिने झालरी लगाएतका सामग्री विभिन्न देशबाट आयात भएको हो ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले दिएकाे जानकारी अनुसार चालू आ.व.को तीन महिनामै सो रकम बराबरको सामग्री आयात भएको छ । जुन गत अघिल्लो आ.व.को तुलनामा झण्डै दोब्बर हो ।
गत आ.व.मा विभिन्न देशहरुबाट तीन अर्ब ५७ करोड १० लाख ६७ हजार ८८२ बराबरको सामग्री आयात भएको थियो । गतवर्ष कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले धेरै मानिसले चाडपर्व उल्लासका साथ नमनाएकाले आयात कम भएको विभागका सूचना अधिकारी खड्काले बताउनुभएको छ ।

यसपाली भने कोरोना सङ्क्रमण केही कम भएकाले पनि आयातमा वृद्वि भएको उहाँको भनाइ छ । ‘अघिल्लो वर्ष कोरोनाको डरले चाडबाडमा त्यति उत्साह नभएकाले आयातमा पनि कमी भएको हो तर यो वर्ष कोराेनाको जोखिम कम भएकाले पनि मानिसले चाडबाड राम्रैसँग मनाउने देखिएकाले पनि बढी रकमको आयात भएको देखिएको हो,’खड्काले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?