logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोभिड १९ का १६ हजार ३२६ नयाँ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा कोभिड १९ का १६ हजार ३२६ नयाँ सङ्क्रमित थपिए


नयाँदिल्ली, कात्तिक ६ गते । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार तीन करोड ४१ लाख ५९ हजार ५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३२६ नयाँ सङ्क्रमित फेला परेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको सङ्ख्या चार लाख ५३ हजार ७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म तीन करोड ३५ लाख ३२ हजार १२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?