logo
२०८० चैत्र १५ बिहीवार



काँग्रेसकाे दुई जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी

राष्ट्रिय |


काँग्रेसकाे दुई जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी


 
काठमाडौं, कात्तिक ६ गते । सत्तारुढ दल नेपाली काँग्रेसकाे चाैधाैं महाधिवेशनकाे प्रक्रिया अगाडि बढिरहेको छ । यसैक्रममा काँग्रेसकाे राैतहट र रसुवा गरी अझै दुई जिल्लाकाे क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगिन बाँकी रहेकाे काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
 
काँग्रेसले दशैँ अगावै हिमाली क्षेत्रकाे जिल्ला अधिवेशन सम्पन्न गर्ने बताए पनि यसाे हुन नसकेक कारण काँग्रेस महाधिवेशनकाे पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुनसक्ने समितिका संयाेजक महादेवप्रसाद यादवकाे भनाई छ ।
 
'महाधिवेशनकाे मितिकाे निधाे भइसकेको छैन । महाधिवेशनकाे मिति भने सर्न पनि सक्छ ।', यादव बताउनुहुन्छ । काँग्रेसले हिमाली क्षेत्रकाे २१ जिल्लाहरुमध्ये १३ वटा जिल्लाकाे अधिवेशन सम्पन्न गरिसकेको छ ।
 
हिमाली क्षेत्र अन्तर्गतका ताप्लेजुङ, संखुवासभा, रामेछाप, दाेलखा, गाेरखा, मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, रुकुम पूर्व, मुगु, बाजुरा र बझाङमा अधिवेशन सम्पन्न भएकाे समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
 
अब जुम्ला, साेलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, दार्चुला, धादिङ, म्याग्दी र डाेल्पा गरी अाठ जिल्लाकाे अधिवेशन सम्पन्न हुन नसकेको श्रेष्ठले बताउनुभयो । 'हालसम्ममा ६४ जिल्लाका वडा र पालिकाहरुमा अधिवेशन सम्पन्न भएकाे छ । १३ वटा जिल्ला अधिवशेन सम्पन्न भइसकेको छ ।' श्रेष्ठ बताउनुहुन्छ ।
 
काँग्रेसकाे चाैधाैं महाधिवेशन सम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधानलगायत विविध विषयकाे समाधानका लागि काँग्रेस केन्द्रीय निर्वाचन समितिकाे बैठक हिजाे शुक्रबार पनि बसेकाे थियाे । बाँकी रहेका दुई जिल्लाकाे क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगोमा पुग्ने बित्तिकै नयाँ कार्यतालिका सार्वजनिक समितिले जनाएको छ ।
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?