logo
२०८१ बैशाख ८ शनिवार



चार जर्मन नागरिकसहित छ जना पर्यटकको प्रहरीद्वारा उद्धार

पर्यटन |


चार जर्मन नागरिकसहित छ जना पर्यटकको प्रहरीद्वारा उद्धार



अमृतप्रसाद पौडेल
बेनी, कार्तिक ६ गते । हिमालपारीको जिल्ला मुस्ताङको प्रहरीले शनिबार विहान चार जना जर्मन नागरिकसहित छ जनाको उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेकटर प्रताप पौडेलका अनुसार गत असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ निस्कनका लागि हिडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइड गरी छ जनाको टोली डोल्पाको याकखर्कमा असोज ४ गते पुगेका थिए । याकखर्क पुगेर पछिल्लो ३ दिनदेखि अलपत्र परेको जानकारी पाएपछि हेलिकोप्टरको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
गाइडहरु सोलुखुम्बुका जाङबु शेर्पा र दावा शेर्पा सहित कार्तिक ४ देखि सम्पर्कमा नरहेका पर्यटकहरु शनिबार बिहान ६ बजे त्यस क्षेत्रमा रहेको भन्ने जानकारीका आधारमा कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी जोमसोम ल्याइएको इन्सपेक्टर पौडेलले बताउनुभयो ।
पछिल्लो समय अविरल वर्षाले गर्दा हिमपात भएपछि पदमार्ग फेला पार्न नसक्दा उनीहरु हराएका थिए । आफूले बोकेको खानेकुरा पनि सकिएको र चिसोले गर्दा कठ्याङिग्रएर बिरामी पर्ने अवस्थामा पुगेका उनीहरुको प्रहरीले समयमै सकुसल उद्धार गरेको हो ।
पर्यटकहरु कार्तिक ४ गतेदेखि सम्पर्कमा नरहेको र छ गते बिहान त्यस क्षेत्रमा रहेको जानकारी पाउनासाथ तत्काल प्रहरी सहितको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिउँले औंलामा केही समस्या भएको भए पनि अन्य अवस्था सामान्य रहेको जोमसोम अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । उद्धार गरिएका सबै पर्यटक आज जोमसोममा आराम गरेर भोलि काठमाडौ प्रस्थान गर्ने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?