logo
२०८१ बैशाख ६ बिहीवार



विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने

बिज्ञान |


विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने


         
जेनेभा, असोज २० गते । विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।    
    
जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ ।जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।     
उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो ।    
    
उक्त एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ ।सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येकवर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?