logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै सात महिनापछिकै सबैभन्दा थोरै   

अन्तर्राष्ट्रिय |


भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै सात महिनापछिकै सबैभन्दा थोरै   



नयाँ दिल्ली, असोज २० गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिनापछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमित छन् ।    
    
सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।    
    
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।    
    
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मङ्गलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सबैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिले पनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित छन् ।    
    
त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितको सङ्ख्या लामो समयसम्म सबैभन्दा धेरै थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?