logo
२०८० चैत्र १६ शुक्रवार



देशभर १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित

स्वास्थ्य |


देशभर १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित
फाइल फाेटाे


काठमाडौं,असोज १९ गते । देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार मङ्गलबारसम्म ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ छन् । । जसमध्ये प्रदेश १ का मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशका काठमाडौं,भक्तपुर र ललितपुर तथा गण्डकी प्रदेशकाे कास्की र लुम्बिनी प्रदेशको रुपन्देही छन् ।

हालको तथ्याङ्कमा बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेका पाईएको छ भने सूद्रपश्चिममा सबैभन्दा कम सङ्क्रमित रहेको पा०एको छ ।बाग्मती प्रदेशमा पाँच हजार ९१७ संक्रमित छन् भने सूदुरपश्चिम प्रदेशमा ७११ जना संक्रमितर रहेको अधिकारीले बताउनुभयो ।

प्रदेश १ मा दुई हजार ७८८ सङ्क्रमित  छन् । जस अन्तर्गत ईलाममा १३१,उदयपुरमा २३ ,ओखलढुङ्गामा २३ खोटाङमा ६६, झापामा ६५५, ताप्लेजुङमा ४२ , तेह्रथुममा ४७ , धनकुटामा ९१, पाँचथरमा ४५, भोजपुरमा ७६, मोरङमा ७५२ संखुवासभामा ६६ सुनसरीमा ६७८ र सोलुखुम्बुँमा ९३  छन् ।

प्रदेश २ मा एक हजार २३० जना सङ्क्रमित छन् । जसमध्ये धनुषामा ३१२,पर्सामा ८९,बारामा १९३, महोत्तरीमा ७७,रौतहटमा ३१, सप्तरीमा २३४, सर्लाहीमा ८० र सिराहामा २१४ सङ्क्रमित  छन् ।

यस्तै, बाग्मती प्रदेशमा पाँच हजार ९१७ सङ्क्रमित छन् । जसअन्तर्गत काठमाडौंमा दुई हजार २९४,काभ्रेमा ३०६, चितवनमा २५९, दोलखामा ८९, धादिङमा १४८, नुवाकोटमा २२१, भक्तपुरमा ७०६, मकवानपुरमा ४६९,रसुवामा ९, रामेछापमा ५८, ललितपुरमा ८१६, सिन्धुपाल्चोकमा २८९ र सिन्धुलीमा २५३ सङ्क्रमित छन् ।

गण्डकी प्रदेशमा दुई हजार ९२८ सङ्क्रमित छन् । जसमध्ये कास्कीमा एक हजार १०६ , गोरखामा २३७, तनहुँमा २५५ नवलपरासी पूर्वमा ३२४,पर्वतमा २०२, मनाङ्मा ७, मुस्ताङ्मा ४, म्याग्दीमा २०, लमजुङ्मा १६० , बाग्लुङ्मा ३२४ र स्याङ्जामा २८९ छन् ।

लुम्बिनी प्रदेशमा दुई हजार २०४ सङ्क्रमित छन् । जस अन्तर्गत अर्घाखाँचीमा १४७ कपिलवस्तुमा ७४ गुल्मीमा १९३ दाङ्मा २४७, नवलपरासीमा ८५,पाल्पामा २०१, प्यूठानमा १६,बर्दियामा १८९, बाँकेमा २९९, रुकुम पूर्वमा ४४, रुपन्देहीमा ६२१ र रोल्पामा ९२ छन् ।

कर्णाली प्रदेशमा ७४८ सङ्क्रमित छन् ।जसअन्तर्गत कालिकोटमा ३२, जाजरकोटमा ११,जुम्लामा १७६, डोल्पामा ८,दैलेखमा १३१, मुगुमा चार, रुकुम पश्चिममा ३५,सल्यानमा ३९, सुर्खेतमा ३०६ र हुम्लामा छ छन् ।

यस्तै, सूदुरपश्चिम प्रदेशमा ७११ जना सक्रिय सङ्क्रमित छन् । जसअन्तर्गत अछाममा ८,कञ्चनपुरमा १५८,कैलालीमा ४२८, डडेल्धुरामा ८८,डोटीमा ५०,दार्चुलामा १४, बझाङमा १०, बाजुरामा पाँच र बैतडीमा ३० जना रहेको अधिकारीले बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?