logo
२०८० चैत्र १६ शुक्रवार



बेन्न स्टक्सले क्रिकेटबाट अनिश्चितकालका लागि आरामको घोषणा गरे

क्रिकेट |
खेलकुद |


बेन्न स्टक्सले क्रिकेटबाट अनिश्चितकालका लागि आरामको घोषणा गरे
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । चर्चित ब्याट्सम्यान एवम् इंग्ल्याण्ड क्रिकेट टोलिका महत्वपूर्ण सदस्य बेन्न स्टक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट अनिश्चितकालको आरामको घोषणा गर्नुभएको छ । भारत बिरुद्धको पाँच खेलको टेष्ट श्रृखंलाको पूर्ब सन्ध्यामा स्टक्सको यस प्रकारको घोषणा आएको हो ।
औंलामा आएको चोटबाट निको हुन र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै आराम गर्न लागेको बताउनुभएको छ । बेन्न स्टक्सले गत् वर्ष आफ्नो अधिकांश समय घर बाहिर बिताउनुभएको थियो । इंग्ल्याण्ड टोलिको टेष्ट श्रृखंला र एकदिबसीय टोलिसँग बाहिर रहनुभएका स्टक्सले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयलका लागि खेल्नुभएको छ । उहाँले न्युजिल्याण्डमा रहेको आफ्नो परिवारका सदस्यको हेरचाह तथा बुवा बितेको कारण पाकिस्तान बिरुद्धको दुई टेष्ट खेलको श्रृखंला भने गुमाउनुभएको थियो । स्टक्सको बुवाको गत् डिसेम्बरमा मस्तिष्क क्यान्सरले मृत्यु भएको थियो ।
पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंला खेल्नु अघि पुरै टोलिका सदस्य नै सङ्क्रमित भएपछि औंलामा आएको चोटका कारण आराममा बस्नुभएका स्टक्सले इंग्ल्याण्डको दोस्रो रोजाइको टोलिको नेतृत्व गर्नुभएको थियो । स्टक्स नेतृत्वको इंग्लीश टोलिले पाकिस्तानलाई ३–० ले हरायो ।
इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)ले स्टक्सको निर्णयको पूर्ण समर्थन गर्दै खेल बाहिर रहँदा सबै प्रकारको सहयोग गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?