logo
२०८१ बैशाख १२ बुधवार



चितवनमा दोस्रोपटक कलेजोे प्रत्यारोपण सफल

बिज्ञान |


चितवनमा दोस्रोपटक कलेजोे प्रत्यारोपण सफल


शान्ता अधिकारी
चितवन, असार ३१ गते । चितवन मेडिकलक कलेज शिक्षण अस्पताल भरतपुरमा दोस्रोपटक एक जना विरामीको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।
जाजरकोट कुशे गाउँपालिका– ९ का ४७ बर्षिय भरतविक्रम शाहीकोे कलेजोको प्रत्यारोपण गरिएको हो । यस अघि २०७७ चैतमा काठमाडौं उपत्यका बाहिर नेपालमा पहिलोपटक चितवन मेडिकल कलेजले काठमाडौं सानेपाकी धनकुमारी थापाको कलेजो प्रत्यारोपण गरेको थियो ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार प्रत्यारोपण शल्यक्रिया गर्न झण्डैं १५ घण्टा लागेको थियो । प्रत्यारोपण टीमको नेतृत्व गर्नु भएका बरिष्ठ सर्जन डा. सञ्जय यादवले गर्नुभएको थियो । शल्यक्रियामा भारतको एपोलो अस्पतालका शल्यचिकित्सक डा. निरभ गोयलको टिम समेत संलग्न रहेको थियो ।
एक दशकदेखि विरामी रहेका शाहीलाई उहाँकी ४८ बर्षीया श्रीमति कमलादेवी शाहीको ६० प्रतिशत कलेजो प्रत्यारोपण गरिएको हो । असार १८ गते भएको उक्त प्रत्यारोपणमा कलेजो प्रदान गर्नुहुने श्रीमति शाही असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ ।
नेपालगञ्ज, भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनु भएका शाहीलाई दुई महिना अगाडि नेपालगञ्ज मेडिकल कलेजले कलेजो प्रत्यारोपणको विकल्प नभएको जानकारी पछि काठमाडौ लगिएको थियो । उहाँका छोरा गणेशविक्रम शाहीका अनुसार काठमाडौंमा जाँच र उपचार पछि चितवनमा प्रत्यारोपण छिटो गर्न पाइने जानकारी पाएरपछि उहाँलाई त्यहाँ ल्याइएकोे हो । उहाँले हालसम्म बाबुको उपचार खर्च झण्डै ३० लाख रुपिंयाँ पुगिसकेको बताउनुभयो । चितवन मेडिकल कलेजले औषधि बाहेक कलेजो प्रत्यारोपण गरेको १५ लाख रुपिंयाँ लिने गरेको बताइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?