logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/



अमला : धार्मिक, सांस्कृितक तथा चिकित्सकीय दृष्टिकाेणले उपयाेगी

बिज्ञान |
समाज |


अमला : धार्मिक, सांस्कृितक तथा चिकित्सकीय दृष्टिकाेणले उपयाेगी


सुरेन्द्रप्रसाद सिग्देल
पूर्वकालमा जव सारा जगत (ब्रह्माण्ड) जलमा समाहित भएको थियो समस्त चराचर जगतका प्राणीहरू नष्ट प्रायः भएको वेलामा (प्रलयकालमा) देवादिदेव सनातन परमपिता ब्रह्माजी अविनाशी परब्रह्मको जप गर्न लाग्नु भएको थियो त्यसै बखत जप गर्दागर्दै लामो श्वास निस्कियो र ब्रह्माजीलाई त्यस बखत भगवद्दर्शनको अनुराग उत्पन्न भयो । भगवद्दर्शनको अनुरागवश ब्रह्माजीको नेत्रबाट जलविन्दू अर्थात् आँशुको थोपा पृथ्वीमा झर्न पुग्यो । उक्त भगवद्दप्रेमाश्रुको थोपा झरेको स्थानबाट फलले परिपूर्ण भएको र हाँगा–बिंगाले युक्त महान बृक्ष उत्पन्न हुन पुग्यो । त्यसरी भगवान् ब्रह्माजीको आँशुबाट उत्पन्न भएको त्यो बृक्ष तथा फललाई बहुउपयोगि अमला, धात्री, आदिरोह, आमलकी आदि नामले नामाकरण गरेको पाइन्छ । साथै जंगम सृष्टिको इतिहासमा उत्पन्न यो पहिलो बृक्ष भएकोले यस फललाई “आदिरोह” भनेर वेदले पनि परिभाषित गरेको पाइन्छ ।
ब्रह्माजीले सर्वप्रथम अमलाको सृष्टि गर्नुभएको र तत्पश्चात प्रजा (मानव) देवता तथा अन्य प्राणीहरूको सृष्टि गर्नु भएको दृष्टान्त पुराणहरूमा उल्लेख गरेको पाइन्छ । अमलाको बृक्ष तथा फललाई भगवान् विष्णुले अति प्रिय मान्नु हुने भएकाले यस फललाई हाम्रो समाजले पनि अति पुण्यदायक, गुणकारी, स्वास्थ्यवर्धक फल मानि धार्मिक मान्यता अनुसार यज्ञ–यज्ञादि, जप–पाठ तथा पूजा–अर्चनाादि कार्यमा चढाउने गरेको पाइन्छ । सर्वप्रथम देवताहरूले अमलाको फलयुक्त बृक्ष देखेर आश्चर्यमा परेका थिए । देवताहरू आश्चर्यमा परेको देखि आकाशवाणी भयो हे देवता हो ! यो अमलाको बृक्ष सवै बृक्ष भन्दा श्रेष्ठ छ, यो बृक्ष भगवान् विष्णुलाई पनि अति प्रिय छ, यस फलको स्मरणले मात्र पनि गोदान गरेको फल प्राप्त हुन्छ, दर्शनले दोब्बर र भोजन गर्दा तेब्बर पुण्य प्राप्त हुन्छ । यसर्थ सर्वथा प्रयत्नकासाथ अमला बृक्षको संसर्गमा तथा फलको सेवन गर्नु पर्दछ । यो फल भगवान्लाई प्रिय भएकाले यज्ञमा चढाउनाले समस्त पाप नष्ट गरी कामनाहरू सिद्ध गर्न सक्षम छ भनेर वर्णन गरिएकोे पौराणिक दृष्टान्त पाइन्छ ।
विशेष गरेर जुन मनुष्यले कात्तिक महिनामा अमलाको रुख भएको वन, रुखको समिप छायाँमा वसि यज्ञ–यज्ञादि, श्राद्ध–तर्पणादि, जप–पाठादि, तथा पूजा–दानादि कर्म गर्दछ भने उक्त कर्म कोटी गुणा भै जान्छ अर्थात् कर्ताले वाञ्छित फल प्राप्त गर्दछ । अमला, तुलसी, तथा रुद्राक्षको माला धारण गरी धार्मिक कर्म गरेमा उसलाई अनन्त पुण्य प्राप्त हुन्छ । अमला, तुलसी, तथा रुद्राक्षको मालाले समान पौराणिक मान्यता पाएको पद्मपुराण लगायतका पुराणहरुमा वर्णन गरेको पाइन्छ । मनुष्यले अमलाको बृक्षको छायाँमा वसेर दीपदान गरेमा वा दीप प्रज्वलन मात्र गरेमा पनि अनन्त पुण्य प्राप्त गर्दछ । तुलसी तथा तुलसीको मोठको अभावमा अमलाको रुख मुनि छायाँमा वसेर कुनै पनि शुभकार्य ग¥यो वा भगवान् हरिको पूजा अर्चना, तथा गुणानुवाद कथा श्रवण, वा ब्राह्मण दम्पतिलाई भोजन गराई आफु पनि भोजन ग-यो भने अनन्त जन्मबाट लागेको अन्नदोषबाट मुक्त हुन्छ । लक्ष्मी प्राप्तिको कामना भएमा अमलाको रसयुक्त जलले स्नान गरेमा कामना पूर्ण हुन्छ । भगवान् ब्रह्माजीले प्राणी भन्दा पनि पहिले सृष्टि गर्नु भएको यो अमलाको बृक्ष, बृक्षहरूमा प्रथम सृष्टि भएको दृष्टान्त स्कन्द पुराणको वैष्णव खण्डमा सविस्तार वर्णन गरेको पाइन्छ । भने पद्मपुराणको सृष्टिखण्डमा केही फरक प्रकारले वर्णन गरिएको दृष्टान्त पाइन्छ, जसमा अमलाको फल समस्त लोकमा प्रसिद्ध तथा परम पवित्र छ । यसको माला धारण गर्ने नर तथा नारी जन्म तथा मृत्युबाट मुक्त हुन्छ । यो परम पवित्र भएकोले भगवान् विष्णुलाई प्रसन्न गराउँदछ र शुभकारक छ । यसको भोजन मात्रले पनि मनुष्यलाई सवै पापरासीबाट मुक्त गराउँदछ, साथै भोजन गर्नाले आयु बृद्धि, रस पिउनाले धर्म सञ्चय, तथा रसयुक्त जलले स्नान गर्नाले दरिद्रता भाग्दछ अर्थात् सवै प्रकारको ऐश्वर्य प्राप्त हुन्छ । तसर्थ अमला सदा सेव्य छ । जुन मनुष्यले दुवै पक्षको हरिदिनमा (एकादशी) अमलाको रसले स्नान गर्दछ भने त्यस मनुष्यको सवै पाप नष्टभै त्यस मनुष्यको विष्णुलोकमा सम्मान हुन्छ ।
धत्रीफलंपरंपूतं सर्वलोकेषुविश्रुतम् ।। यस्यरोपान्नरांमुच्यते जन्मवन्धनात् ।।
पावनंवासुदेवस्य फलंप्रीतिकरंशुभम् ।। अस्यभक्षणमात्रेणमुच्यते सर्वकल्मसात् ।।
भक्षणेचभवेदायुः पानेवैधर्म संचयः ।। अलक्ष्मीनाशनंस्नाने सर्वैश्वर्य मवाप्नुयात् ।।
–पद्मपुराण सृष्टिखण्ड ६०।२–४
धात्रीफलंसदासेव्यंभक्षणेस्नानएवच ।। नियतंपारणेविष्णोः स्नानमात्रे हरेदिने ।।
–पद्मपुराण सृष्टिखण्ड ६०।८
तर, सप्तमी, नवमी, आमावश्या, संक्रान्ति, रविवार र चन्द्र÷सूर्य ग्रहणमा भने अमलाले स्नान नगर्नु भन्ने पौराणिक मान्यता छ । यदि उक्त तिथि तथा दिनमा अमलाले स्नान गरेमा विपरित फल अर्थात् बिघ्न–बाधा हुन जान्छ ।
नवम्यां दर्शे सप्तम्यां संक्रान्ती रविबासरे ।। चन्द्रसूर्योपरागे च स्नानमामलन्कैस्त्यजेत् ।।
–स्कन्द पु.वैष्णव खण्ड कात्तिक माहात्म्य १२।७५
यसका अलावा अन्य दिनमा अमलाले स्नान गरी अमलाको बृक्ष मुनि छायाँमा वसेर आप्mना दिवङ्गत पितृहरूलाई पिण्डदान तथा तर्पण मात्र गर्दछ भने भगवान् विष्णुको प्रसादले त्यसका पितृहरूले मोक्ष प्राप्त गर्दछन् । तीर्थ वा घर जहाँ भए पनि कुनै मनुष्यले अमलाले स्नान गर्दछ त्यो स्नान गरेको स्थानमा भगवान् विष्णु उपस्थित भै वाञ्छित फल प्रदान गर्नु हुन्छ र त्यसले पुनःर्जन्म लिनु पर्दैन । अमलायुक्त जलले कपाल पखाले मात्र पनि कलियुगको दोषको नाश भै भगवान् विष्णुको परमपद प्राप्त गर्दछ । जसको घरमा सदा अमला रहन्छ त्यसको घरमा भूत, प्रेत, कुष्माण्ड, पिचाश, राक्षस जान सक्दैन र भएको भएमा पनि अमला राख्ने वित्तिकै भाग्दछ भन्ने वर्णन स्कन्दपुराणको उत्तर खण्डमा पाइन्छ ।
वैष्णवबृक्ष, धात्रीफल, आमलकी, आदिरोह, अमला आदि नामले चिनिने यस प्रख्यात अमलाको मूलमा (जरामा) विष्णु, त्यसभन्दा माथि ब्रह्मा, काँधमा परमेश्वर रुद्र शाखाहरूमा मुनिगण, उपशाखामा देवताहरू, पातहरूमा अष्टवसु, पूmलमा मरुद्गण, र फलहरूमा समस्त प्रजापतिहरूको वास हुन्छ ।
तस्या मूले स्थितो विष्णुस्तदूध्र्वं च पितामह ।। स्कन्धे च भगवान् रुद्रः संस्थितः परमेश्वरः ।।
शाख्याषु मुनये सर्वे प्रशाखाषु च देवताः ।। पर्णेषु वसवो देवाः पुष्पेषु मरुतस्तथा ।।
प्रजानां पतयःसर्वे फले प्लेव व्यवस्थिता ।। सर्वदेवमयीह्येषा धात्री च कथिता मया ।।
– पद्मपुराण ४७।२१–२३

हे देवदेवेश्वर, जमदग्नि नन्दन, श्री विष्णु स्वरूप, परशुरामजी ! हजूरलाई नमस्कार छ । मैले योे समर्पण गरेको अमलाको फलयुक्त अर्घ ग्रहण गर्नुस ! भनि अर्घ दिने गरिन्छ ।
नमस्ते देवदेवेश जामदग्न्य नमोस्तुते ।। गृहाणाघ्र्यंमिमं दत्तममालक्या पुरंहरे ।। –पद्मपुराण उत्तर ४७।५७
कल्पबृक्ष, पारिजात, अश्वस्त्थ, वेलपत्र, तुलसी, कुश, रुद्राक्ष, पीपल जस्ता नाम मात्र स्मरण गरेमा पनि पुण्य हुने स्थावर जङ्गम आदि उत्पत्तिको रहस्य पुराणहरूमा वर्णित भएको पाइन्छ । जस्तैः कल्पबृक्ष र परिजात समुद्र मन्थनबाट, वेलपत्र, तुलसी, कुश, पीपल पतिब्रता स्त्रीको श्रापबाट र रुद्राक्षको उत्पत्ति भगवान् शिवजीको अश्रुबाट भए जस्तै अमलाको उत्पत्ति पनि भगवान् ब्रह्माजीको अश्रुबाट भएको हुँदा धार्मिक कार्यमा यसको प्रयोग पुण्यदायक मानिन्छ । यसका अलावा यसले काय चिकित्सामा पुुु¥याउने योगदानका बारेमा वेदमानै वणर््िात हुनुले पनि हाम्रो जीवनमा यसको उपयोगिता कति छ भन्ने आङ्कलन गरेर नै हाम्रा पिता पुर्खाले यस फललाई विशेष महत्व दिई यज्ञ–यज्ञादि धार्मिक कार्य लगायत चिकित्सा प्रणाली (प्रतिरोधात्मक÷उपचारात्मक) भोजन प्रणालीमा समावेश गरी यसको सेवन तथा प्रयोग गर्ने गरेको पाइन्छ ।
अमलाको वृक्ष तथा फल समस्त लोकमा प्रसिद्ध तथा परम पवित्र छ । यसको फल खाँदा पापबाट मुक्त हुन्छ, आयु बृद्धि हुन्छ, यसको रस पान गर्दा धर्म संचय हुन्छ, रसले स्नान गरेमा दरिद्रता समाप्तभै ऐश्वर्य प्राप्त हुन्छ साथै त्यसले “पुनःर्जन्म नविद्यते “मातुपयोधर रसं न पुनः पिवन्ति” ।। पाण्डव गीतामा फेरि माताको गर्भबाट जन्म लिई स्तन पिउनु पदैन भन्ने उल्लेख छ । साथै अमलाको बृक्षको छायाँ मुनि बसेर कात्तिक महिना भोजन मात्र गरेमा पनि एक वर्ष सम्म त्यस मनुष्यको अन्नको संसर्गबाट उत्पन्न भएको पाप नाश भै निर्मल हुन पुग्दछ भन्ने पौराणिक तथा धार्मिक मान्यतालाई आधार मानेर नै हाम्रा पितापुर्खाले कात्तिक महिनामा पर्ने हाम्रो प्रमुख चाड तिहारमा देउसी भैलो खेलेर दान आएको धान, चामल तथा सङ्कलित पैसाले देउसी भैलो खेल्ने समूह जम्मा भएर अमलाको बोट मुनि भोजन पकाएर रमाईलो गर्दै वन भोज खाने प्रचलनले पनि अमलाले हाम्रो समाजमा कति प्रभाव पारेको रहेछ भनेर बुभ्mन सकिन्छ ।
प्राचिन युगमा यसको उपयोगको महत्वपूर्ण भूमिका त छदै थियो यसका अलावा यस आधुनिक युगमा पनि विभिन्न वैज्ञानिक परीक्षण भई यसको उपयोगलाई मान्यता प्रदान गरेको विभिन्न अनुसन्धानबाट देखिन्छ । यस फलको उपयोगमा वैज्ञानिक आधारहरू पनि प्रसस्तै पाइन्छन् । जस्तै त्रिफला आदि वहुगुणकारी औषधि, अमलाको तेल बनाइ सौन्दर्यतामा प्रयोग, अचार तथा तितौरा बनाइ भोजनमा समाविष्ट गर्नुले हाम्रा पिता पुर्खा कति वैज्ञानिक रहेछन् भन्ने जिज्ञासालाई यस्ता अनेकन मऽहौषधिहरूलाई भोजन प्रणालीमा समाविष्ट गरेको पाइनुले पनि यसका सम्बन्धमा उत्पन्नित सवै आशङ्कालाई निराकरण गर्दछ । साथै यस फलको उपभोगलाई आरोग्यता सँग जोडेर त्रिफला मध्ये एक वहु गुणकारी फलको आयुर्वेदले सविस्तार वर्णन गरी मानव जीवनलाई कृत–कृत्य तुल्याएको छ ।
वैज्ञानिक परिक्षणबाट अमला सेवन तथा उपयोगलाई स्मरण शक्तिमा बृद्धि, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गरी रगतलाई सफा गर्दछ, भिटामिन सी, इ, ए, आइरन, क्याल्सियम र खनिजको मात्रा पनि प्रसस्त हुनाले चिसोबाट जोगाउनुका साथै मुटुरोग, मधुमेहरोग, कलेजोरोग, मष्तिस्कघात, क्यान्सर तथा दीर्घरोगमा र भिटामिन सी प्रसस्त पाइनुले भाइरल फीवरमा पनि फाइदाजनक मानिन्छ । शरीरमा धातुको बृद्धि गराई स्वस्थ राखि सङ्क्रमण हुनबाट जोगाउँने जस्ता गुण पाइनुले पनि हाम्रो समाजमा यसको प्रयोगले सार्थकता पाएको हो । समग्रमा यसको सेवन गर्नाले पुण्यार्जन हुनुका साथै आरोग्यता प्राप्त हुने सम्बन्धमा दुई मत छैन ।
वैष्णवबृक्ष भनेर सन्त माहात्माहरूको हृदयमा रहेको यस फलको वैदिक नाम आदिरोह, संस्कृत नाम आमलकी र वैज्ञानिक नाम फिल्यान्थस इम्ब्लीका हो भने अंग्रेजी नाम गुजवेरी हो । अस्तु !

( लेखक धर्म संस्कृति अन्वेषक हुनुहुन्छ )

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप