logo
२०८० चैत्र १६ शुक्रवार



काबुलमा विस्फोट, पाँच व्यक्तिको मृत्यु

अन्तर्राष्ट्रिय |


काबुलमा विस्फोट, पाँच व्यक्तिको मृत्यु
तस्विर-फाइल


काबुल, जेठ २९ गते।
अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।
घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?